बर्नलीले म्यानचेस्टर यूनाइटेडमाथि उसैको घरेलु मैदान ओल्ड ट्राफोर्डमा २-० को सानदार जित हात पारेको छ।
प्रिमियर लिग अन्तर्गत बुधबार राति भएको खेलमा बर्नलीका लागि पहिलो हाफमा क्रिस वुडले पहिलो गोल गरेका थिए। दोस्रो हाफमा रोय रोड्रिग्रिजले अग्रता दोब्बर पारे।
ओल्ड ट्राफोर्डमा यूनाइटेडमाथि २-० ले अघि रहेको यो बर्नलीको तस्रो सिजन हो। तर उसले जित हात पारेको भने यस खेलमा मात्रै हो। खेलमा चोटका कारण यूनाइटेडका मार्कुस रासफोर्डले खेलेका थिएनन्।
हारपछि पनि यूनाइटेड ३४ अंकका साथ पाँचौं स्थानमा कायम छ। बर्नली ३० अंकका साथ १३औं स्थानमा उक्लिएको छ।
प्रतिक्रिया