ad ad

छापा खबर


उच्च पदमा पुगेका महिलाले किन गर्छन बढी ‘डिभोर्स’? यस्तो रै’छ कारण

 उच्च पदमा पुगेका महिलाले किन गर्छन बढी ‘डिभोर्स’? यस्तो रै’छ कारण

नेपालखबर
माघ ९, २०७६ बिहिबार १:५४,

जति उच्च पदमा पुग्यो जीवन उति प्रेमिल र सुखद होस् भन्ने सबैको चाहना हुन्छ।

महिलाका हकमा भने यो ठीक उल्टो छ। नारी समानतालाई निकै महत्व दिएका देशमा पनि उच्च पदमा पुगेका महिलाको जीवनमा पारपाचुके अत्यधिक पाइएको खबर आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ।

विशेषगरी महिला प्रमुख कार्यकारी अधिकृत (सीईओ) को सम्बन्धविच्छेद अत्यधिक देखिएको अध्ययनले देखाएको छ।

स्टकहोम युनिभर्सिटीले वभिन्न कम्पनीमा कार्यरत १ सयभन्दा बढी विपरीतलिंगी दम्पतीमा अध्ययन गरेको थियो। त्यसलाई अमेरिकन इकोनोमिक जर्नलमा प्रकाशन गरिएको छ।

प्राध्यापक जोन्ना रिक्नेका अनुसार सार्वजनिक सेवाका क्षेत्रमा तीन दशकसम्म भएका घटनालाई यसमा समेटिएको छ। मेयर, सांसद, चिकित्सक, प्रहरी अधिकारीमा पनि यो लागू भएको प्रतिवेदनको दाबी छ।

अत्यधिक दम्पतीले कामको तनावले परिवार छिन्नभिन्न भएको बताएका छन्। यो अध्ययनले महिला उच्च पदमा पुग्दा बिदामा सँगै बस्ने र घरको काम विभाजन गरेर गर्ने अपेक्षा पूरा नभएको देखाएको छ।

यद्यपि सम्बन्ध विच्छेदको पहल कसले गर्छ भन्ने खुलाइएको छैन। तीमध्ये एक सीईओ ३९ वर्षीया कार्लोट युङले लगातारको यात्रा, पदअनुसारको लामो कार्य समय र उच्च प्रोफाइलमा बसिरहनु सम्बन्ध बिग्रनुमा जिम्मेवार हुने बताइन्।

लैंगिक समानताको सबैभन्दा अग्रस्थानमा रहेको स्वीडेनमा भने यो समस्या कम रहेको देखिएको छ। यसमा बिदामा उदार अभिभावक, दिवा हेरचाहको आलोपालो, कामको मेलमिलापपूर्ण व्यवस्थापन यसका कारण हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .