खेल


भलिबल पुरुषतर्फको सेमिफाइनल समिकरण पुरा

भलिबल पुरुषतर्फको सेमिफाइनल समिकरण पुरा

नेपालखबर
माघ ८, २०७६ बुधबार ११:५६,

तीन विभागीयसहित हेल्प नेपाल स्पाेर्टस् क्लब आरबीबी एनभीए पुरुष क्लब च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेका छन्। काठमाडौंको राष्ट्रिय खेलकुद परिषद्को कर्भडहलमा बुधबार भएको खेलमा बुलबुले रारा क्लबलाई ३–० को सोझो सेटमा हराउँदै हेल्प नेपाल सेमिफाइनल पुगेपछि पुरुषतर्फको समिकरण पुरा भएको हो।

यसअघि तीन विभागीय टोली त्रिभुवन आर्मी क्लब, नेपाल एपीएफ क्लब र नेपाल पुलिस क्लबले अन्तिम चारमा स्थान बनाइसकेका छन्।

बिहीबार हुने सेमिफाइनलमा विभागीय डर्बीमा आर्मी र एपीएफ तथा पुलिस र हेल्प नेपालबीच प्रतिस्पर्धा हुनेछ।

बुधबारको खेलमा हेल्प नेपालले बुलबुले रारालाई २५–१६,२५–२० र २५–१९ ले पाखा लगायो। त्यसअघि पुलिसले नयाँ बजार सामाजिक क्लबलाई २५–११,२५–९ र २५–१२ ले हराएको थियो।

आजै भएको अर्को खेलमा एपीएफले बुद्ध टोललाई २५–१८,२५–१७ र २५–११ ले तथा साविक विजेता आर्मीले मणिमुकुन्द भलिबल क्लबलाई २५–१९,२५–१८ र २५–१७ ले हराएको थियो।

महिला र पुरुष दुवैतर्फको सेमिफाइनल खेल बिहीबार हुनेछन्। महिलातर्फको सेमिफाइनलमा साविक विजेता नेपाल एपीएफ र नेपाल पुलिस क्लब तथा होंगान्जी न्यू डायमण्ड स्पोर्टस् क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ।

प्रतियोगिताका दुवैतर्फका विजेताले २ लाख, दोस्रो हुने टोलीले १ लाख र तेस्रो टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्। त्यस्तै दुवैतर्फका सर्वोत्कृष्ट खेलाडीले समान २५ हजार पाउनेछन्। विधागत उत्कृष्टले समान १० हजार रुपैयाँ पाउनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .