राजनीति


मनाङेले भनेः ठगलाई झापड हानेको हुँ, प्रहरीले मलाई पक्रन मिल्दैन

मनाङेले भनेः ठगलाई झापड हानेको हुँ, प्रहरीले मलाई पक्रन मिल्दैन

वाशुदेव मिश्र
माघ ८, २०७६ बुधबार ११:४९,

गण्डकी प्रदेशका प्रदेशसभा सदस्य राजीव गुरुङ ( दीपक मनाङे) ले आफूले ठगलाई झापड  हानेको बताएका छन्। ठगलाई झापड हान्ने आफूलाई प्रहरीले पक्राउ गर्न नपाउने उनको भनाइ थियो।

मंगलबार एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङलाई मुख्यमन्त्री कपको उद्घाटन कार्यक्रममै झापड हानेर चर्चामा आएका मनाङेले बुधबार पोखरामा पत्रकार सम्मलेन गरेर यस्तो बताएका हुन्।

‘मेरा १८ जना बच्चालाई अलपत्र पारेपछि झापट हानेको हुँ, ठगलाई झापड हान्न पाइन्छ’ उनले भने। उनले ठगलाई झापड नहानेर माला लगाउन त भन्दै प्रतिप्रश्न समेत गरे।

‘ठगलाई मैले झापड नहानेर माला लगाउने त?’, उनले भने, ‘पुलिसले यसै पक्रन मिल्दैन।’ एन्फाका कास्कीका अध्यक्ष गुरुङले बुधबार कास्की प्रहरीमा उनी विरुद्ध उजुरी दर्ता गरेको केही समयमै उनले पत्रकार सम्मेलन गरेका हुन्।

उनले भने, ‘हिजो सुशील कोइरालालाई पनि चप्पल हिर्काइयो, झलनाथलाई पनि हानियो, उस (मिलन) लाई त मुख्यमन्त्रीले नै झापड हान्नुपर्ने हो।’ उनले आफू रावणतिरको भएको बताउँदै झापड हान्दा मज्जा लाग्ने पनि बताए।

मनाङबाट मुख्यमन्त्री कप खेल्न आएका खेलाडीलाई मिलन र एन्फाले अलपत्र पारेको उनको जिकिर थियो। उनले एन्फा अध्यक्ष कर्मा छिरिङ पनि ठग नै भएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .