ad ad

खेल


३२ क्लबले एन्फाले आयोजना गर्ने कुनै पनि प्रतियोगितामा भाग नलिने

३२ क्लबले एन्फाले आयोजना गर्ने कुनै पनि प्रतियोगितामा भाग नलिने

नेपालखबर
भदौ ६, २०८० बुधबार २१:१९, काठमाडौँ

शहिद स्मारक ए डिभिजन लिगका ३२ क्लबले अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गर्ने कुनै पनि प्रतियोगितामा भाग नलिने बताएका छन्।

स्मारक लिग अन्तर्गत ए, बी र सी डिभिजन लिग प्रतियोगिताको तयारी खर्च बिगत लामो समय देखि एन्फाले भुक्तानी नगरेको र यस सम्बन्धमा एन्फा महासचिव लगायत पदाधिकारीहरुसँग पटक पटक छलफल तथा बिभीन्न समयमा क्लबहरूले बक्यौता भुक्तानी सम्बन्धमा पत्राचार समेत गरिसक्दा पनि रकम भुक्तानी गर्न प्रतिबद्धता नजनाईएमा एन्फाबाट सन्चालन हुने कुनै पनि प्रतियोगिताहरूमा सहभागी नहुने भन्दै क्लबलहरुले ज्ञापनपत्र बुझाएका छन्।

साथै नेपालका ए, बी र सी डिभिजनका ३२ क्लबले आगमी भदौ २४ गते हुने भनिएको एन्फाको विशेष साधारण सभा एन्फा बिधान को धारा ३६ बमोजिम सम्पूर्ण सदस्यहरूको भौतिक उपस्थितिमा गराउन समेत माग गरेका छन्।

एन्फा विधानमा विशेष परिस्थिति, महामारी र असहज अवस्थामा मात्र भर्चुअल बैठक गर्न मिल्ने व्यवस्था भएपनि सहज परिस्थिति रहेको अबस्थामा तथा कुनै महामारी र असहज अवस्था नभएकोले भौतिक उपस्थितिमै विशेष साधारण सभा गर्न गराउन ज्ञापनपत्रमा उल्लेख गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .