ad ad

समाज


धादिङ बस दुर्घटना अपडेट : मृतक ६ जनाको सनाखत, घाइते सबैको विवरण खुल्यो

धादिङ बस दुर्घटना अपडेट : मृतक ६ जनाको सनाखत, घाइते सबैको विवरण खुल्यो

नेपालखबर
भदौ ६, २०८० बुधबार २१:५५, हेटाैँडा

धादिङको गजुरी गाउँपालिका,२ चालिसेस्थित बस दुर्घटना हुँदा मृत्यु भएका आठ जनामध्ये हालसम्म ६ जनाको सनाखत भएको छ।

काठमाडौंबाट पोखरा जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस बुधबार बिहान पृथ्वी राजमार्गको गजुरी नजिकै त्रिशूली नदीमा खसेको हो। जसमा मृत्यु हुनेमध्ये ६ जनाको सनाखत भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी प्रमुख डीएसपी गौतम मिश्रले जानकारी दिए।

दुर्घटनामा मृत्यु भएकामध्ये म्याग्दी रघुगङ्गा–३ का ५० वर्षीय थानबहादुर भण्डारी, पर्वत मोदी–१ की १५ वर्षीया कृतिका शर्मा पौडेल, धादिङ गजुरी–८ का अन्दाजी २० वर्षीय सुशील रम्तेल, कास्की फूलबारी–११ का अन्दाजी २४ वर्षीय सुमन थापा, पर्वत जलजला गाउँपालिका ६ बस्ने ४२ वर्षीया राधिका सापकोटा र जिल्ला पर्वत मोदी गाउँपालिका ५ बस्ने ४५ वर्षीय झपट बहादुर क्षेत्रीको सनाखत भएको डिएसपी मिश्रले नेपालखबरलाई जानकारी दिए।

डीएसपी मिश्रका अनुसार १७ जना घाइतेको पनि विवरण खुलेको छ। जसमध्ये सामान्य घाइते भएका बसका सहचालक नुवाकोट बेलकोटगढी नगरपालिका ६ बस्ने ३४ वर्षीय रोशन तामाङको सकुशल उद्वार गरी प्रहरीले नियन्त्रणमा लिएको छ भने बाग्लुङ गलकोट बस्ने ६८ वर्षीया ज्ञानु बुढामगरलाई सामान्य उपचार पश्चात् डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ।

यस्तै, अन्य घाइतेहरुको काठमाडौंको विभिन्न अस्पतालमा उपचार भैरहेको प्रहरी नायव उपरीक्षक मिश्रले जानकारी दिए। उनका अनुसार बसका चालक म्याग्दीबो बेनी नगरपालिका ६ का ३० वर्षीय दीपक थापा (टाउकोमा चोट अवस्था मध्यम), म्याग्दी नगरपालिका ३ बस्ने २४ वर्षीय पूर्ण छत्याल ( टाउकोमा चोट अबस्था मध्यम), सोही स्थानका ४५ वर्षीया सुनिता छत्याल (शरीरको विभिन्न भागमा चोट अवस्था गम्भीर), बंगलादेशका नागरिक ३५ वर्षीय सुदिप मण्डल (शरीरको विभिन्न भागमा चोट अवस्था गम्भीर) र ३२ वर्षीय मोहमद हजिरहुलको (शरीरमा सामान्य चोट अवस्था सामान्य) काठमाडौंको ट्रमा सेन्टरमा उपचार भैरहेको छ।

यस्तै, म्याग्दी बेनी नगरपालिका ३ बस्ने २९ वर्षीय गौतम छत्याल (टाउको र हातमा चोट अवस्था गम्भीर), बाग्लुङकी १९ वर्षीया शुष्मा क्षेत्री (टाउकोमा चोट अवस्था मध्यम), पर्वत मोदी गाउँपालिका १ बस्ने ४१ वर्षीय गुरुदत्त शर्मा पौडेल (टाउको र निधारमा चोट अवस्था मध्यम), म्याग्दी मंगला गाउँपालिका २ बस्ने १६ वर्षकी गिता जंजाली मगर (टाउकोमा चोट अबस्था मध्यम) को पनि ट्रमा सेन्टर सेन्टरमा उपचार भैरहेको छ।

यस्तै, म्याग्दी अन्नपूर्ण गाउँपालिका १ बस्ने वर्ष १९ को कुशल अधिकारी (शरीरको भित्री भागमा चोट अबस्था मध्यम), पर्वत फलेवास नगरपालिका बस्ने ६३ वर्षीय हरिकला गौडेल (घाँटीमा चोट अबस्था मध्यम), म्याग्दी अन्नपूर्ण गाउँपालिका ३ बस्ने २२ वर्षकी अञ्जु राना मगर (टाउकोमा चोट अवस्था गम्भीर) र म्याग्दी गरुङ्गंगा ७ बस्ने वर्ष २९ को प्रविन पुनको (टाउकोमा चोट अवस्था गम्भीर), बयोधा अस्पतालमा उपचार भैरहेको प्रहरी उपरीक्षक मिश्रले नेपालखबरलाई जानकारी दिए।

यस्तै, म्याग्दी रघुगंगा ६ बस्ने वर्ष २३ की रिना रानामगर (टाउको र ढाडमा चोट अवस्था मध्यम) र काठमाडौं कृतिपुर नगरपालिका ९ बस्ने वर्ष ५२ को खड्क कुमार श्रेष्ठ (दाहिने खुट्टामा चोट अबस्था सामान्य) को बीएण्डबी अस्पतालमा उपचार भैरहेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .