ad ad

खेल


गत सिजन तीन ठूला उपाधि चुमेको सिटीले जित्यो युईएफए सुपर कप

गत सिजन तीन ठूला उपाधि चुमेको सिटीले जित्यो युईएफए सुपर कप

नेपालखबर
साउन ३२, २०८० बिहिबार १४:२७, काठमाडौँ

गत सिजन तीन ठूला उपाधि जितेको इङ्लिस क्लब म्यानचेस्टर सिटीले नयाँ सिजनमा युईएफए सुपर कपको उपाधि जितेको छ।

गत सिजन युरोपा लिगको उपाधि विजेता स्पेनिस क्लब सेभियालाई हराउँदै सिटीले युईएफए सुपर कप उचालेको हो। 

ग्रिसको राजधानी एथेन्समा बुधबार मध्यराति भएको खेल टाइब्रेकरमा पुग्दा सिटीले बाजी मारेको हो। सिटीले टाइब्रेकरमा सेभियालाई ५–४ गोलले हरायो।

निर्धारित ९० मिनेटको समय खेल १–१ गोलको बराबरीमा सकिएपछि निर्णय टाइब्रेकरमा पुगेको थियो। 

युसुफ एन न्यास्रीले खेलको २५ औँ मिनेटमा गोल गरेपछि सेभियाले अग्रता लिएको थियो। तर सिटी दोस्रो हाफमा खेलमा फर्कियो।

सिटीका लागि कोल प्लेमरले खेलको ६३ औँ मिनेटमा हेटबाट गोल गरेर खेललाई बराबरीमा ल्याएका थिए।  

निर्धारित समयमा त्यसपछि गोल नहुँदा निर्णय टाइब्रेकरमा पुग्यो। जहाँ सिटीका लागि इर्लिङ  हालान्ड, जुलियन अल्भारेज, माटियो कोभासिस, ज्याक ग्रेलिस र केल वाल्करले गोल गरे।

उता सेभियाका लुकास ओकम्पास, राफा मिर, इभान राकिटिच र गोन्जालो मोन्टेलले गोल गरे। नेमान्जा गुडेल्जको अन्तिम प्रहार गोलमा परिणत हुन नसक्दा सेभिया स्तब्ध भयो।

युईएफए च्याम्पियन्स लिग र युईएफए युरोपा लिग च्याम्पियनबीच हरेक वर्षको सुरुवातमा सुपर कप भिडन्त हुन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .