पोर्चुगिज स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोबिनै मैदान उत्रेको साउदी क्लब अल नासारले साउदी प्रो लिगमा खराब सुरुवात गरेको छ।
आइतबार राति भएको आफ्नो पहिलो खेलमा अल नासार अल इतिफाकसँग २–१ ले हारेको हो।
खेलको चौथो मिनेटमै साडियो मानेको गोलमा सुरुवाती अग्रता बनाए पनि त्यसलाई जोगाउन नसक्दा अल नासार हार भोग्न बाध्य भयो।
सुरुवातमा १–० ले पछि परेको अल इतिफाकले दोस्रो हाफमा उत्कृष्ट खेल्दै जित हासिल गरेको हो।
खेलको ४७औं मिनेटमा रोबिन क्वेजनले गोल फर्काएपछि अल इतिफाक अघि बढेको थियो। ५३औं मिनेटमा मौसा डेम्बेलेको गोलमा इतिफाकले २–१ ले अग्रता बनायो।
त्यसपछि खेलमा थप गोल हुन नसक्दा अल नासार हार भोग्न बाध्य भयो।
हारसँगै अल नासार अंक तालिकाको १२औं स्थानमा छ। अल इतिफाक भने पाचौं स्थानमा छ।
78
Shares
प्रतिक्रिया