ad ad

खेल


नेयमार पनि साउदी आउने, अल–हिलालले किन्यो ९० मिलियन युरोमा

नेयमार पनि साउदी आउने, अल–हिलालले किन्यो ९० मिलियन युरोमा

नेपालखबर
साउन २९, २०८० सोमबार १६:५५, काठमाडौँ

ब्राजिलियन फरवार्ड नेयमार जुुनियर पनि साउदी आउने भएका छन्।

पेरिस सेन्ट जर्मन (पीएसजी) ले ब्राजिलका फरवार्ड नेयमारलाई साउदी प्रो लिग क्लब अल–हिलाललाई करिब ९० मिलियन युरो प्लस एड–अनमा बेच्ने सम्झौता गरेको छ। 

नेयमार आगामी २ वर्ष अल–हिलालमा रहने छन्। 

नेयमार सन् २०१७ मा विश्व कीर्तिमानी शुल्क २ सय २२ मिलियन युरोमा बार्सिलोनाबाट पीएसजीमा आएका थिए। 

पीएसजीमा बस्न नचाहेपछि नेयमारले शनिबार राति भएको फ्रेन्च लिग १ को खेल गुमाएका थिए। बार्सिलोना फर्कन चाहेका नेयमार नयाँ सिजनका लागि प्रशिक्षक लुइस एनरिकको योजना बाहिर थिए। 

नेयमारको साउदी आगमनसँगै मोटो रकममा हाइ प्रोफाइल खेलाडीहरू साइन गर्ने रणनितिमा पीएसजी पनि लागेको छ। 

नेयमारले फ्रान्सेली क्लबबाट वार्षिक २५ मिलियन युरो कमाउने गरेको बुझिएको छ। पीएसजीका लागि १ सय ७३ खेल खेलेका नेयमारले क्लबलाई १३ उपाधि जिताएका छन्।

घुँडाको चोटका कारण नेयमारले मार्चमा शल्यक्रिया गर्दा बाँकी सिजनका खेल गुमाएका थिए। 

जुलाईमा मात्र शल्यक्रिया गरेका नेयमारले सन् २०२२ को विश्वकपकमा पनि समूह चरणमा नै चोट लागेपछि उनले २ विश्वकप खेल गुमाएका थिए। 

चोटकै कारण नेयमारले २०१९ को कोपा अमेरिका पनि गुमाएका थिए। सन् २०२१ मा पनि लामो समय मैदान बाहिर बिताए। 

यो सिजन करिम बेन्जेमा, एनगोलो कान्टmे जोर्डन हेन्डरसन, रुवेन नेभ्स, साडियो माने र रोबर्टो फिरमिनो साउदी आएका थिए। 

गत जनवरीमा पोर्चुगलका सुपरस्टार क्रिस्टियानो रोनाल्डो म्यानचेष्टर युनाइटेडबाट साउदी क्लब अल नासार आएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .