ad ad

राजनीति


सुन तस्करीको खोजी गर्न हङकङमा पनि पत्राचार गरेका छौं : महत

सुन तस्करीको खोजी गर्न हङकङमा पनि पत्राचार गरेका छौं : महत

नेपालखबर
साउन २८, २०८० आइतबार १६:१८, काठमाडौँ

अर्थमन्त्री तथा नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले सय केजी सुन प्रकरणमा नयाँ क्लूहरू आइरहेको बताएका छन्। 

उनले सुन प्रकरणमा पक्राउ गर्ने क्रम सुरु भएको बताउँदै हङकङमा पनि पत्राचार भएको बताए। आइतबार पार्टी संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले सो कुरा बताएका हुन्।

‘पक्रिनु त राम्रो हो नि, यसमा को को संलग्न छ, हामीले हङकङलाई पनि चिठि पठाएका छौं। को को संलग्न छन् भन्ने विषयमा अनुसन्धान भइरहेको छ,’ महतले भने, ‘यसले नयाँ नयाँ क्लुहरू दिइरहेको छ निष्कर्ष आउन दिनुपर्यो।’

साथै, उनले पार्टीभित्रका नेताहरू अनुशासन र मर्यादाका कुराहरू उठेको पनि बताए।

‘अनुशासन, मर्यादाका कुराहरु उठेका छन्। के गर्नुहुन्थ्यो हुँदैन थियो भन्ने हामी संस्थाको अभ्यास गरेका आएका भएकाले त्यहीअनुसार हुनुपर्छ। पार्टीका सदस्यहरू पनि नम्समा बसेर कुरा गर्नुपर्छ,’ उनले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .