ad ad

खेल


तीन नयाँ खेलाडी समेटेर नेपाली महिला क्रिकेट टोली घोषणा

तीन नयाँ खेलाडी समेटेर नेपाली महिला क्रिकेट टोली घोषणा

नेपालखबर
साउन २६, २०८० शुक्रबार ११:५८, काठमाडौँ

आइसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटका लागि तीन नयाँ खेलाडी समेट्दै नेपाली क्रिकेट टोली घोषणा भएको छ। 

नेपाल क्रिकेट संघ (क्यान) ले युवा अलराउन्डर पूजा महतो, विकेटकिपर रुवी पोदार र लेग स्पिनर खुशी डंगोललाई पहिलो पटक टोलीमा समेटेको हो।

भारतमा हुर्किएकी पुजाले नेपालमा घरेलु प्रतियोगिता खेलेकी छैनन्। यू–१९ क्रिकेट खेलिसकेकी खुशी डंगोलले घरेलु प्रतियोगिता बागमती प्रदेशबाट खेल्ने गर्थिन्।

सुदूरपश्चिमबाट घरेलु प्रतियोगिता खेल्ने रुवीले ओपनिङदेखि तल्लोक्रमसम्म ब्याटिङ गर्ने क्षमता राख्छन्। 

नेपालले यसअघि एसिसी इमर्जिङ टिम्स महिला प्रतियोगिता खेल्दाको टोलीबाट स्पिनर कृतिका मरासिनी, ज्योति पाण्डे र सरस्वती चौधरीलाई बाहिर राखेको छ। 

आइसीसी वुमन्स विश्वकप टी–२० एसिया क्षेत्र छनोट मलेसियामा भदौ १४ देखि २३ गतेसम्म हुनेछ। 

समूह ए मा नेपालसँगै आयोजक मलेसिया, बहराइन, भुटान, कतार र युएई छन्। समूह बी मा चीन, हङकङ, कुवेत, थाईल्यान्ड र म्यानमार छन्। 

समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्। फाइनलमा पुग्ने दुई टोलीले २०२४ मा हुने ग्लोबल क्वालिफायर खेल्नेछ। 

नेपाली टोली :
रुविना क्षेत्री (कप्तान), सीता रानामगर, इन्दु बर्मा, विन्दु रावल, कविता कुँवर, कविता जोशी, पुजा महतो, सम्झना खड्का, ईश्वरी विष्ट, काजोल श्रेष्ठ, रुवी पोदार, अप्सरी बेगम, अश्मिना कर्माचार्य र खुशी डंगोल।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .