ad ad

खेल


एमबाप्पे पीएसजीको लिग १ सिजनको सुरुवाती प्रशिक्षणमा सहभागी नहुने

एमबाप्पे पीएसजीको लिग १ सिजनको सुरुवाती प्रशिक्षणमा सहभागी नहुने

नेपालखबर
साउन २२, २०८० सोमबार ८:१६, काठमाडौँ

फ्रान्सेली स्टार केलियन एमबाप्पे पेरिस सेन्ट जर्मेन (पीएसजी) को लिग १ सिजनको सुरुवाती प्रशिक्षणमा सहभागी हुने छैनन्। 

पीएसजीले लिग १ सिजनको सुरुवातका लागि सोमबार प्रशिक्षण सुरु गर्दैछ, जसमा एमबाप्पे सहभागी नहुने भएका हुन्। 

रियल मड्रिड जाने चाहनाका बीच पीएसजीसँगको सम्झौताका कारण एमबाप्पे विवादमा परेका छन्। 

पीएसजीका मुख्य फरवार्डहरुले आगामी समरमा समाप्त हुने आफ्नो सम्झौता १ वर्ष थप गर्न अस्वीकार गरेका छन्। 

यस्तोमा पीएसजीले फ्रान्सेली फरवार्डलाई बेच्न वा उसलाई अन्य क्लबमा सित्तैमा जान दिनुको सट्टा ट्रान्सफर शुल्क सुरक्षित गर्न चाहन्छ। 
जसका कारण एमबाप्पे एसियाको पूर्व सिजन यात्राका लागि पनि पीएसजी टोलीबाहिर थिए। एमबाप्पेलाई साउदी प्रो लिगमा ल्याउन अल हिलालले कीर्तिमानी रकम प्रस्ताव गरेको थियो। 

अन्तर्राष्टिय सञ्चारमाध्यका अनुसार एमबाप्पेले टोलीको ए प्रशिक्षण समूहको साटो लफ्ट समूहमा प्रशिक्षण गर्नेछन्। लफ्ट समूहमा रहेका खेलाडी पहिलो टोलीका लागि खेल्न सक्छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .