ad ad

खेल


दीपेन्द्र सम्मिलित टाइगर्सले जित्यो ग्लोबल टी-२० क्यानडाको उपाधि, सन्दीपको टोली हार्‍यो

दीपेन्द्र सम्मिलित टाइगर्सले जित्यो ग्लोबल टी-२० क्यानडाको उपाधि, सन्दीपको टोली हार्‍यो

नेपालखबर
साउन २२, २०८० सोमबार ७:२६, काठमाडौँ

नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी सम्मिलित मोन्टरिएल टाइगर्सले ग्लोबल टी-२० क्यानडा २०२३ को उपाधि जितेको छ। 

आइतबार राति भएको फाइनलमा टाइगर्सले नेपाली टोलीकै लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित सर्रे जागुअर्सलाई ५ विकेटले हराउँदै उपाधि हात पारेको हो। 

सर्रेले दिएको १ सय ३१ रनको लक्ष्य टाइगर्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै भेट्टायो। 

आन्द्रे रसेल ६ बलमा १ चौका र २ छक्कासहित २० रनमा नटआउट रहे। दीपेन्द्र १७ बलमा १ चौकासहित १६ रन बनाउँदा रिटायर्ट हर्ट हुँदै क्रिज छाडेका थिए। उनको स्थानमा आन्द्रे रसेल क्रिजमा आएका थिए। शेर्फान रदरफोर्ड ३८ रनमा नटआउट रहे। 

सन्दीपले ३ ओभरमा २० रन खर्चिए पनि विकेटविहीन रहे। 

त्यसअघि टाइगर्सले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको सर्रेले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ३० रनको योगफलत तयार पारेको थियो। 

ओपनर जतिन्दर सिंह ५६ रनमा नटआउट रहे। आयन खानले २६, मोहम्मद हरिसले २३ रन थपे। लिटोन दास १२ रनमा आउट भए। 
टाइगर्सका लागि आयन खानले २ विकेट लिए। कार्लोस ब्रेथवेट, अब्बास अफ्रिदी र आन्द्रे रसेलले एक/एक विकेट आफ्नो नाममा गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .