ad ad

खेल


ग्लोबल टी-२० क्यानडा : उपाधिका लागि सन्दीप र दीपेन्द्रका टोली भिड्ने

ग्लोबल टी-२० क्यानडा : उपाधिका लागि सन्दीप र दीपेन्द्रका टोली भिड्ने

फाइल तस्बिर


नेपालखबर
साउन २१, २०८० आइतबार १०:३२, काठमाडौँ

ग्लोबल टी २० क्यानडाको उपाधिका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी र लेग स्पिनर सन्दीप लामिछानेका टोली भिड्ने भएका छन्। 

सन्दीप सम्मिलित सर्रे जागुअर्स र दीपेन्द्रसिंह ऐरीको टोली मोन्टरिएल टाइगर्स आइतबार राति उपाधिका लागि आमनेसामने हुँदै छन्। 
फाइनल खेल आज राति पौने १० बजे हुनेछ।

यसअघि लिग चरणको खेलमा दीपेन्द्र सम्मिलित टाइगर्सले सन्दीप सम्मिलित सर्रे जागुअर्सलाई ५ विकेटले हराएको थियो। 

दीपेन्द्र सम्मिलित टाइगर्सले शनिबार राति दोस्रो क्वालिफायरमा भ्यानकुभेर नाइट्सलाई एक विकेटले हराउँदै सन्दीपको टोलीसँगको भेट पक्का गरेको हो। 

उता सन्दीप सम्मिलित सर्रेले भने पहिलो क्वालिफायर खेलमा नाइट्सलाई नै ३८ रनले हराउँदै फाइनलमा पुगेको छ। 

सन्दीपको टोली सर्रे शीर्ष स्थानमा रहँदै साझो क्वालिफायर खेल्दा दीपेन्द्रको टोलीले भने एपलमिनेटर खेल्दै दोस्रो क्वालिफायरमा स्थान बनाएको थियो। 

एलिमिनेटर खेलमा दीपेन्द्रको टोलीले ब्राम्पटन वल्भसलाई ९ विकेटले हराउँदै दोस्रो क्वालिफायरमा स्थान बनाएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .