ad ad

खेल


बार्सिलोनाका मिडफिल्डर साउदी क्लबमा

बार्सिलोनाका मिडफिल्डर साउदी क्लबमा

नेपालखबर
साउन १९, २०८० शुक्रबार १५:४६, काठमाडौँ

स्पेनिस क्लब बार्सिलोनाका मिडफिल्डर फ्रान्क केस्सी साउदीको क्लब अल अहलीमा आवद्ध भएका छन्। बार्सिलोनाले एक सिजन अघि मात्रै इन्टरमियामीबाट निशुल्क भित्र्याएका केसीलाई करिब १५ मिलियनमा बेचेको हो।

बार्सा र अहलीबिच आजै सम्झौतामा हस्ताक्षर गर्ने तयारी रहेको स्पेनिस सञ्चारमाध्यमले जनाएका छन्। 

केस्सीले साउदीको क्लबसँग ३ वर्षको सम्झौता गर्ने भएका छन्। अल अहलीमा  केसीको सम्झौता जुन २०२६ सम्म कायम रहनेछ। 

आइवरी कोष्टको राष्ट्रिय टिमका सदस्य केसीले ५ वर्षको सम्झौता अन्त्य गर्दै २०२२ मा बार्सिलोनामा आवद्ध भएका थिए। 

तर स्पेनिस च्याम्पियन बार्सामा उनले नियमित स्थान बनाउन सकेका थिएनन्।

बार्सिलोनामा युवा स्टार गाभी र पेड्रिसँगै फ्रान्की डियोङ मिडफिल्डमा छन्। यस्तै अब म्यानचेस्टर सिटीबाट एल्के गुन्डागनलाई समेत भित्र्याएपछि केसीले बार्सामा समय पाउन कठिन थियो। 

अहिले चर्चित स्टारहरुको गन्तव्य साउदी बन्दै गर्दा केसी पनि त्यतै बाटो लागेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .