खेल


फिफा महिला विश्वकपको समूह विजेता बन्यो इङ्ल्यान्ड

फिफा महिला विश्वकपको समूह विजेता बन्यो इङ्ल्यान्ड

नेपालखबर
साउन १६, २०८० मंगलबार २०:२९, काठमाडौँ

चाइनामाथि सानदार जित निकाल्दै इङ्ल्यान्ड फिफा महिला विश्वकपमा समूह विजेताको रुपमा अन्तिम १६ मा पुगेको छ। 

बुधबार हिन्दमार्स स्टेडियममा भएको खेलमा चाइनालाई ६–१ गोलअन्तरले पराजित गर्दै इङल्यान्ड समूह डी को विजेताको रुपमा प्रि क्वार्टरफाइनलमा पुगेको हो। 

समूह चरणमा अपराजित इङल्याण्ड ९ अंकमा शीर्ष स्थानमा रहेको हो। 

इङल्यान्डको जितमा लरेन जेम्सले दुई तथा एलेसिया रुसो, लरेन हेम्प, क्लो केली र राहेल डेलीले एक एक गोल गरे। 

चाइन पीआरका लागि वाङ सुआङले पेनाल्टीमा एक गोल गरिन्। 

समूह डी बाट इङल्याण्ड समुह विजेता र डेनमार्क समुह उपविजेताको रपमा अन्तिम १६ मा पुगेका छन्। दुई खेलमा जित र एक खेलमा हार भोगेको डेनमार्कले ६ अंक बनाएको छ। 

आजै भएको समूह चरणको अर्को खेलमा डेनमार्कले हाइटीलाई २–० गोल अन्तरले हराउँदै समूह उपविजेता बनेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad