ad ad

खेल


बार्सिलोनाका चेसप्रेमी प्रशिक्षकले ब्युँत्याउलान् टिकिटाका?

बार्सिलोनाका चेसप्रेमी प्रशिक्षकले ब्युँत्याउलान् टिकिटाका?

नेपालखबर
माघ ५, २०७६ आइतबार ११:२७,

पछिल्लो पाँच वर्षमा बार्सिलोनाका खेल प्रशंसकहरुको एउटै चिन्ता थियो, क्लबले आफ्नो पहिचान गुमायो, योहान क्राइफले निर्माण गरेको फुटबलको दर्शन गुमायो।

तर, क्राइफका प्रशंसक किके सेतियन प्रशिक्षक बनेर आएपछि बार्सिलोनमा ‘टिकीटाका’ ब्युँतिने अपेक्षा गरिएको छ। 

गत साता प्रशिक्षक अर्नेस्टो भालभर्डेलाई बर्खास्त गरेपछि नै बार्सिलोनाका प्रशंसकहरुका आशा देखिन थालेको छ। तर, खेल शैलीमा मात्र परिवर्तन गरेर नयाँ प्रशिक्षकको जिम्मेवारी पूरा हुनेछैन।

उनले घरेलु लिग र खासगरी च्याम्पियन्स लिग पनि जितेर देखाउनुपर्नेछ। तर, सेतियनको कमजोरी के हो भने उनले यसअघि स्टार खेलाडीले भरिएका ठूला क्लब सम्हालेका छैनन्।

सेतियन क्राइफका प्रशंसक हुन्। ‘उनीसँग खेल्न पाउने भए मैले कान्छी औँला नै चढाउँथे,’ उनले भनेका छन्।

‘सेतियनः बार्सा डीएनए भएका प्रशिक्षक जो मेसीसँग प्रेममा छन्’ स्पेनी पत्रिका डायरियो एएसले लेखेको छ।

सेतियन प्रशिक्षक बनेसँगै उनको अर्को खेलप्रतिको प्रेमबारे पनि चर्चा हुन थालेको छ– चेस।

वास्तवमा सेतियनले चेसका केही अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा समेत भाग लिएका छन्। प्रतिस्पर्धामा उनले ग्यारी कास्पारोप र अनातोली कार्पोभसँग समेत चेसमा भिडिसकेका छन्।

चेसले फुटबलमा रणनीति तयार गर्न सघाउने विश्वास गरिन्छ।

सेतियनलाई यसले कति सघाउँछ, ग्रेनाडासँग आइतबार रातिको खेलपछि अनुमान लगाउन सहज हुनेछ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .