लगातार दोस्रो हार व्यहोर्दै दक्षिण कोरिया फिफा महिला विश्वकपको समूह चरणबाटै बाहिरिएको छ।
अष्ट्रेलियाको हिंदमार्श स्टेडियममा आइतबार भएको खेलमा मोरक्कोसँग १-० ले पराजित हुँदै कोरिया घर फर्किएको हो। यो समूहमा कोरिया अंक तालिकाको सबैभन्दा तल छ।
खेलको छैटौँ मिनेटमै इब्तिसामको गोलमा मोरक्कोले अग्रता बनाएको थियो।
दुई खेलमध्ये पहिलो जित निकालेको मोरक्कोको अंक गणितीय सम्भावना मात्रै छ।
समूह एच को तेस्रो स्थानमा रहेको मोरक्कोको ३ अंक छ। यो समूहमा मोरक्को र कोरियाले मात्र दुई खेल खेलेका छन्।
जर्मनी र कोलम्बियाले समूह चरणको पहिलो खेलमा जित निकालेका छन्। समान ३ अंक भए पनि गोलअन्तरले जर्मनी शीर्ष र कोलम्बिया दोस्रो स्थानमा छ।
87
Shares
प्रतिक्रिया