ad ad

समाज


अरुण तेस्रोको प्रसारण लाइननविरुद्ध भोजपुरका स्थानीय आन्दोलित, काम रोक्ने चेतावनी

अरुण तेस्रोको प्रसारण लाइननविरुद्ध भोजपुरका स्थानीय आन्दोलित, काम रोक्ने चेतावनी

नेपालखबर
साउन १४, २०८० आइतबार १३:१९, काठमाडौँ

भारतको सतलज कम्पनीले संखुवासभामा निर्णमा गरिरहेको अरूण तेस्रो जलविद्युत् आयोजनाको प्रसारण लाइनविरुद्ध भोजपुरस्थित प्रभावित क्षेत्रका बासिन्दा आन्दोलित भएका छन्। 

हाल निमार्णाधीन अरूण तेस्रोले भोजपुरको टेम्केमैयुङ गाउँपालिका क्षेत्र हुँदै लैजाने प्रसारण लाइनबारे प्रभावित क्षेत्रबासीका माग सम्बोधन नगर्दा शंका उब्जिएको जनाउँदै संघर्ष समितिले आन्दोलन थालेको हो। 

टेम्केमैयुङ गाउँपालिका वडा नम्बर ३ र ४ नागी, अन्नपूर्ण हुँदै भारतीय कम्पनी सतलजले अरूण तेस्रो ४०० केभी प्रसारण लाइन निर्माण तयारी गरेको छ। 

उक्त प्रसारण लाइन निर्माणकर्ता कम्पनी, स्थानीय प्रशासन र लगानी बोर्डसँग पनि स्थानीयका मागबारे चासो नदिएकाले आन्दोलन थाल्ने अवस्था आएको संघर्ष समितिका संयोजक पावीहाङ राईले बताए। 

स्थानीयका माग पूरा नगरी अघि बढ्दै एकपक्षीय रूपमा काम गर्न ख‍ोजेपछि प्रतिवादमा उत्रिनु परेको उनले बताए। 

‘स्थानीयका मागमा निर्माण कम्पनी सतलज र नेपालको लगानी बोर्ड पनि गम्भीर हुनुपर्ने हो’, उनले भने,  ‘तर अरूण चौथौको समेत बिजुली यही प्रसारण लाइनबाट लाने गरी प्रक्रिया अघि बढिरहँदा स्थानीयको असन्तुष्टिलाई सम्बोधन नगरी केही सोझासिधा जनतालाई रकमको प्रलोभन दिइएको छ।’ 

उनले यस्तो अवस्थामा कसैले पनि कुनै प्रलोभनमा नपर्न स्थानीयबासीलाई अपील गरेका छन्। 

संघर्ष समितिका माग पूरा नभएसम्म प्रसारण लाइन प्रभावित क्षेत्रका स्थानीयले कम्पनीका कुनै प्रस्ताव नस्वीकार्नसमेत आग्रह गरिएको छ। समितिले स्थानीयबासीलाई संघर्षमा उत्रिनु समेत आह्वान गरेको छ।

स्थानीयले उठाउँदै आएका असन्तुष्टि र मागबारे यसअघि नै सरकारलाई जानकारी गराइसकेको अवस्थामा एकपक्षीय कुनै पनि काम र निर्णय स्वीकार्य नहुने राईले बताए। 

संघर्ष समितिले ध्यानाकर्षण गराउँदा गराउँदै यदि काम अघि बढाइएमा भोलिका दिनमा त्यसबाट निम्तिन सक्ने दुष्परिणामको जिम्मेवार सम्बन्धित प्रसारण लाइन निर्माता कम्पनी हुने चेतावनी दिएको छ।

संघर्ष समितिका मागहरू:
१) प्रसारण लाइन गाउँबस्ती बाहिर सुरक्षित क्षेत्रबाट लैजानुपर्छ।
२) हामीले दिएको जग्गाभारतीय कम्पनीको नाममा होइन, नेपाल सरकारको कुनै तीन तहमध्ये एकमा पास हुनुपर्छ।
३) प्रसारण लाइन लैजाँदा पोल राख्ने जमिन र तारमुनिको जमिनको उत्पादन परियोजना समयभरको मूल्यांकन गरी पूर्ण क्षतिपूर्ति दिनुपर्छ। 
४) यी मागहरू पूरा नगरी परियोजना अघि बढाए त्यसबाट निम्तिने परिणामको कम्पनी आफैँ जिम्मेवार हुनेछ।
५) प्रसारण लाइन क्षेत्रका प्रभावित बासिन्दा, राजनीति दल, नागरिक समाज र सम्पूर्ण भोजपबासीले यस विषयलाई गम्भीररूपमा लिएर हाम्रो आन्दोलनमा समर्थन जनाइदिनु हुन पनि अपील गर्दछौँ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .