लिभरपुलका कप्तान जोर्डन हेन्डरसन साउदी अरेबियाको क्लब अल इत्तिफाकमा आवद्ध भएका छन्।
इंग्ल्यान्डका ३३ वर्षीय मिडफिल्डर हेन्डरसन १२ मिलियन पाउण्ड प्लस एडअन्सको सम्झौतामा अल इत्तिफाक पुगेका हुन्।
क्लबलाई प्रिमियर लिग र च्याम्पियन्स लिग जिताएका उनले एक बिदाइ भिडियोमा क्लबका सबैलाई धन्यवाद दिँदै कृतज्ञता व्यक्त गरेका छन्।
१२ वर्षपछि क्लब छोड्ने घोषणा गरेका उनले लिभरपुलमा सातवटा प्रमुख ट्रफीहरू जितेका छन्।
सन् २०११ को जुनमा सन्डरल्याण्डबाट २० मिलियन पाउण्डको सम्झौतामा हेन्डरसन लिभरपुलमा आएका थिए।
लिभरपुलका लागि ४९२ खेलमा ३३ गोल र ५७ असिस्ट प्रदान गरे।
45
Shares

प्रतिक्रिया