पौडीवाज गौरिका सिंहले नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी छन्।
जापानको फुकुओकामा जारी वल्र्ड एक्वाटिक च्याम्पियनसिप २०२३ मा गौरिकाले नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी हुन्।
गौरिकाले ५० मिटर ब्याकस्ट्रोकमा ००ः३१ः४४ मा पार गर्दै आफ्नै कीर्तिमान तोडेकी हुन्। यसअघि उनले ००ः३१ः८७ मा दूरी पार गरेकी थिइन्।
यसअघि गौरिकाले १ सय मिटर ब्याकस्ट्रोकमा निर्धारित दूरी ०१ः०६ः८० मा पार गर्दै नयाँ कीर्तिमान बनाएकी थिइन्।
24
Shares

प्रतिक्रिया