राजनीति


कांग्रेस सांसद खतिवडा भन्छन् : सुन तस्करी प्रकरणमा गृहमन्त्रीको जवाफ माग्छौँ

संसद्‍मा अवरोध गर्ने एमालेको तयारी
कांग्रेस सांसद खतिवडा भन्छन् : सुन तस्करी प्रकरणमा गृहमन्त्रीको जवाफ माग्छौँ

फाइल तस्बिर


नेपालखबर
साउन १०, २०८० बुधबार १३:११, काठमाडौँ

गत बुधबार हङकङ हुँदै त्रिभुवन विमानस्थलबाट भित्र्याइएको १०० किलो सुन प्रकरणलाई लिएर नेपाली कांग्रेसले गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग जवाफ माग्ने भएको छ।

उपप्रधानमन्त्रीसमेत रहेका श्रेष्ठसँग बुधबार बस्न लागेको प्रतिनिधिसभाको बैठकमा जवाफ माग्ने तयारी भएको कांग्रेस सांसद रामहरि खतिवडाले नेपालखबरलाई बताए। 

खतिवडाले यो प्रकरणमा गृहमन्त्रीले संसद्‍को सुरुमै जवाफ दिनुपर्ने माग गरे। 

‘यस प्रकरणमा गृहमन्त्रीले संसद् बैठकको सुरुमै जानकारी दिनुपर्छ। सर्वसाधारणहरुले ल्याएको केही ग्राम सुनबारे प्रहरीले थाहा पाउँछ। तर सय केजी सुन आउँदा थाहा नहुने यो सम्भव हुँदैन’, उनले भने, ‘यसमा पुलिसको भूमिका पनि शंकास्पद छ। पुलिसले केही थाहा नपाएको जस्तो गरिरहेको छ। यसबारेमा हामी संसद्‍मा कुरा उठाउँछौँ। हामी यसबारे गृहमन्त्रीको जवाफ माग्छौँ। उहाँले संसद्लाई जवाफ दिनुपर्छ।’

लामो समयपछि प्रतिनिधिसभाको बैठक बुधबार दिउँसो १ बजे बस्ने तालिका निर्धारित गरिएको छ।

यो बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले पनि गृहमन्त्री श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतको जवाफ माग्ने भएको छ। एमालेले यस प्रकरणमा संसद्‍ अवरोधसम्मको तयारी गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad