ब्राजिलियन फरवार्ड एरी बोर्जेसको ह्याट्रिकमा महिला विश्वकपमा ब्राजिलले पानामामाथि सानदार जित दर्ता गरेको छ। अस्ट्रेलियाको हिन्दमार्स स्टेडियममा सोमबार भएको खेलमा ब्राजिलले पानामालाई ४–० गोल अन्तरले हराएको हो।
खेलको पहिलो हाफमा २ गोल हानेको ब्राजिलले दोस्रो हाफमा २ गोल थप्यो।
महिला विश्वकपका एरी बोर्जेसले पहिलो ह्याट्रिक हानेकी हुन्। खेलको १९ औं मिनेटमा एरी बोर्जेसको गोलमा ब्राजिलले सुरुवाती अग्रता बनाएको थियो। विश्वकपमा पहिलो गोल गरेकी २३ वर्षिय एरी बोर्जेसले दोस्रो हाफमा २ गोल थपिन्।
खेलको ३९औं मिनेटमा एरी बोर्जेसले व्यक्तीगत दोस्रो गोल गर्दै ब्राजिलको अग्रता दोब्बर पारिन्।
४८औं मिनेटमा बिट्रीझ झानेराट्टोको गोलमा ब्राजिलले ३–० को अग्रता बनायो। खेलको ७० औं मिनेटमा एरी बोर्जेसले ह्याट्रिक पूरा गर्दा ब्राजिलले ४–० को अग्रता बनायो।
जितसँगै समूह एफ को ब्राजिल तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। यसअघि यो समुहको खेलमा फ्रान्स र जमैकाले बराबरी खेल्दै अंक बाँडे।
फ्रान्स समुहको दोस्रो र जमैका तेस्रो स्थानमा छ। पराजित पनामा अंकविहीन रूपमा तालिकाको पुछारमा छ।
Shares
प्रतिक्रिया