ad ad

खेल


भारतलाई हराउँदै पाकिस्तानले जित्यो एसीसी इमर्जिङ कपको उपाधि

भारतलाई हराउँदै पाकिस्तानले जित्यो एसीसी इमर्जिङ कपको उपाधि

नेपालखबर
साउन ७, २०८० आइतबार २१:३५, काठमाडौँ

श्रीलंकामा जारी एसीसी इमर्जिङ कप क्रिकेट प्रतियोगिताको उपाधि पाकिस्तानले हात पारेको छ। श्रीलंकामा भएको प्रतियोगिताको उपाधि भिडन्तमा पाकिस्तान ‘ए’ भारतलाई १२८ रनले हराउँदै उपाधि उचालेको हो। 

नेपालसमेत सहभागि प्रतियोगिताको फाइनल भिडन्तमा पहिले ब्याटिङ गर्दै पाकिस्तानले पूरै ५० ओभर खेलेर ८ विकेटको क्षतिमा ३५२ रन बनाएको थियो। 

जवाफी ब्याटिङमा उत्रिएको भारत ‘ए’ ४० ओभरमा अलआउट हुँदै २२४ रनमा समेटियो। पाकिस्तानले दिएको ३५३ रनको लक्ष्य पछ्याएको भारत २ सय २४ रनमै अलआउट भएको हो।

पाकिस्तानलाई उपाधि जिताउने क्रममा तैय्यब ताहिरले ७१ बलमा १ सय ८ रनको सानदार पारी खेले।

जवाफी ब्याटिङमा उत्रिएको भारतका लागि सर्वाधिक ६१ रन अभिषेक शर्माले बनाए। त्यसैगरी, यश धुलले ३९ रन जोडे। 

साइ सुदर्शनको नाममा २९ रन रह्यो। भारतका अन्य ब्याट्सम्यानले सम्झनलायक प्रदर्शन गर्न सकेनन्। 

पाकिस्तानलाई जिताउने क्रममा सुफियान मुकिमले ३, मोहम्मद वासिमले २, मेहरन मुम्ताजले २ र अर्साद इकबालले २ विकेट लिए। 

यसअघि टस हारेर पहिले ब्याटिङमा उत्रिएको पाकिस्तानले उत्कृष्ट ब्याटिङ गर्दै आफ्नो स्कोर ३५२ मा पुर्‍याएको थियो। 

पाकिस्तानको स्कोर साढे ३ सयमाथि लैजाने क्रममा तैय्यब ताहिरले ७१ बलमा विस्फोटक  १०८ रनको शानदार पारी खेले। उनले १२ चौका र ४ छक्का पनि हाने। 

मुबासिर र तैय्यबबीच छैटौँ विकेटका लागि शतकीय साझेदारी भएको छ। टिमलाई पाँचौँ झट्का १८६ रनमा लागेको थियो। तर पाकिस्तानले स्कोर बढाएर साढे ३५२ रनमा पुर्‍याएको हो।

पाकिस्तानका स्याम अयुब ५९ नर बनाएर आउट भए। उनलाई मानव सुथारले पवेलियन पठाए। साहिबजादा फरहान ६५ रन बनाएर आउट भए। 

भारतका लागि रियान परागले २ लगातार बलमा २ विकेट लिए। उनले २८ औँ ओभरको पहिलो बलमा ओम्यार बिन युसुफ ३५ रन र अर्को बलमा कासिम अकरमलाई शून्यमा पबेलियन फर्काए। त्यसैगरी राभर्दन हङगरगेकरले पनि २ विकेट लिन सफल भए।

उता, भारतका लागि बलिङतर्फ राजवर्धन हङ्गर गेकरले २ र रियान परागले समान २ विकेट लिएका थिए।

इमर्जिङ कपमा लगायता जित निकालेसँगै पाकिस्तान ए ले भारतमाथि आगामी सेप्टेम्बरमा हुने एसिया कपमा पनि आफ्नो चुनौती बलियो रहने सन्देश दिएको छ। इमर्जिङ कपमा जस्तै एसिया कपमा पनि नेपाल, भारत र पाकिस्तान एकै समूहमा रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .