ad ad

खेल


प्रतिश २६ रन बनाएर आउट, ९ विकेट गुमाउँदा नेपालको स्कोर १४६

प्रतिश २६ रन बनाएर आउट, ९ विकेट गुमाउँदा नेपालको स्कोर १४६

फाइल तस्बिर


नेपालखबर
असार २९, २०८० शुक्रबार १२:३२, काठमाडौँ

श्रीलंकामा सुरु भएको एसिसी इमर्जिङ टिम्स एसिया कपको पहिलो खेलमा नेपालले ब्याटिङ गरिरहेको छ।

पाकिस्तानविरुद्ध पहिले ब्याटिङ थालेको नेपालले ३० ओभर खेल्दै ९ विकेटको क्षतिमा १४६ रन बनाएको छ। 

नेपाल प्रतिश जिसी पछिल्लो पटक २४ बलमा २६ रन बनाउँदै आउट भए। 

अहिले नेपालका लागि क्रिजमा ललित राजवंशी र सोमपाल कामी छन्। सोमपालले ३६ रन बनाएर खेलिरहेका छन्। 

समूह चरणमै बलियो टोलीको सामना गरेको नेपालले केबल १६ ओभर खेलेर ७२ रन जोड्दैमा ८ विकेट गुमाएको थियो। त्यसपछि प्रतिश र ललितले नेपालको स्कोर उकासेका हुन्। उनीहरुले ५८ रनको साझेदारी गरे।

पाकिस्तानविरुद्धको खेलमा नेपाली दुवै ओपनर चल्न सकेनन्। नेपाली ओपनर कुशल भुर्तेल ६ बल खेल्दै १ रनमा आउट भए।

त्यसपछि अर्का ओपनर आशिफ शेख पनि १२ बलमा १२ रन मात्रै जोडेको अवस्थामा पबेलियन फर्किए। उनले त्यसक्रममा ३ चौका हाने। 

त्यस्तै तेस्रो क्रममा आएका अर्जुन साउद पनि २० बलमा १७ रन बनाएर आउछ भए। उनले २ चौका र १ छक्का हाने।

कप्तान रोहित पौडेलको प्रदर्शन पनि निराशाजनक रह्यो। उनले ४ बलमा केबल ४ रन मात्रै जोड्न सके।

भीम सार्कीले ४ बल सामना गरे पनि खाता नै नखोली आउट भए। उता कुशल मल्लले १८ बल खेलेर १७ रन जोड्दै बिदा भए। 

त्यसैगरी पवन सर्राफ पनि ४ बलमा १ रन खेलेर आउट भए। नेपालका गुलशन झा पनि १९ बलमा १३ रन बनाएर बाहिरिए। 

अहिले क्रिजमा सोमपाल कामी र प्रतिस जिसी छन्। सोमपालले ८ बलमा १ रन बनाउँदा प्रतिशले २ बल खेलेर खाता खोलिसकेका छैनन्। 

कसिलो बलिङ गरेको पाकिस्तानका लागि मोहम्मद वासिमले ६ ओभरमाा ३३ रन दिँदै ४ विकेट लिए। अर्का बलर शाहनवाज धाहानीले ६.१ ओभर बलिङ गर्दै १४ रन दिएर ४ विकेट लिएका छन्। 

यो प्रतियोगितामा नेपाल समूह बी मा छ। जहाँ भारत र पाकिस्तानसँगै यूएई पनि छन्। असार २८ गतेदेखि प्रतियोगिता सुरु भएको हो। दोस्रो दिन  आज नेपालले आफ्नो पहिलो खेलमा पाकिस्तानको सामना गरेको हो। 

पाकिस्तानको सामना गरेपछि नेपालले क्रिकेटको पावरहाउस भारतसँग भिड्ने तालिका छ। भारतको टिम एसँग नेपाली टोलीले साउन १ गते खेल्नेछ। 

दुई बलिया टोलीसँगको खेलपछि नेपाल र यूएई साउन ३ गते आमनेसामने हुने छन्। यदि चार टोली रहेको समूहबाट शीर्ष दुईमा पर्न सके नेपाल सेमिफाइनलमा प्रवेश गर्नेछ। 

अर्को समूह ए मा श्रीलंका, बंगलादेश, अफगानिस्तान र ओमान छन्। यो समूहबाट पनि शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .