ad ad

खेल


नेपाल पुलिस क्लबका महिला टोलीको लगातार तेस्रो जित

नेपाल पुलिस क्लबका महिला टोलीको लगातार तेस्रो जित

हेल्प नेपाल र दावाली मिलन क्लबबीच सोमबार भएको खेल (तस्बिर : सरोज नेपाल)


नेपालखबर
असार २५, २०८० सोमबार २१:९, काठमाडौँ

नेपाल पुलिस क्लबको महिला टोलीले सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय क्लब लिगमा लगातार तेस्रो जित हात पारेको छ। 

सोमबार राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको खेलमा पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा हराएको हो। 

एकपक्षिय खेलमा पुलिसले आर्मीलाई २५–१८, २५–१२, २५–१८ को सेटमा हराएको हो। जितसँगै पुलिसले ९ अंक बनाइको छ। यस अघि पुलिस क्लबले गण्डकी प्रदेश र एभरेष्ट भलिबल क्लबलाई पराजित गरेको थियो। 

आजै भएको अर्को खेलमा एपिएफले गण्डकी प्रदेश भलिबल क्लबलाई २५–१२, २५–१८, २५–८ को सोझो सेटमा पाखा लगायो। लिगमा एपीएफको भने यो दोस्रो जित हो। 

अर्को खेलमा होङ्गवान्जी न्यू डायमन्ड क्लबले एभरेष्ट भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्‍यो। डायमन्डले २५–१७, २५–१२, २५–१२ ले हरायो। जितसँगै डायमन्डले ६ अंक बनाएको छ। 

आजै भएको पुरुषतर्फको खेलमा टिपटप हेल्प नेपालले दोश्रो जित निकालेको छ। हेल्प नेपालले दावाली मिलन क्लबलाई २५–१७, २५–२२, २५–२१ ले हराउँदै दोस्रो जित निकालेको छ। हेल्प नेपालले पहिलो खेलमा सैलुङ्ग बाघढुङ्गालाई पराजित गरेको थियो। 

पुरुषतर्फकै अर्को खेलमा आर्मीले गण्डकी प्रदेशलाई ३–० ले पराजित गर्‍यो। 

संघर्ष र तनावपुर्ण खेलमा आर्मीले ३ भारतीय खेलाडी सम्मिलित गण्डकीलाई २५–१९, २६–२४, ३३–३१ ले पराजित गर्यो। गण्डकीमाथिको जितसँगै आर्मीले ९ अंक बनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .