मालदिभ्सको मालेमा भएको १३औं दक्षिण एशियाली शारीरिक सुगठन प्रतियोगिताका स्वर्ण विजेता ललित धिमाल सोमबार स्वदेश फर्किएका छन्।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले ललितलाई सफलताको बधाइ दिदै भने, ‘कठोर परिश्रमका कारण तपाईंले सफलता प्राप्त गर्नु भयो। राष्ट्रिय खेलकुद परिषद्, शारीरिक सुगठनको मात्र नभइ सिंगो देशको शिर उचो बनाउनु भएको छ।
त्यसअघि ललितलाई नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघ, काठमाडौं जिल्ला शारीरिक सुगठन संघ, विभिन्न क्लबका प्रतिनिधि, खेलाडी, प्रशिक्षकलगायतले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा बाजागाजासहित भब्य स्वागत गरेका थिए ।
ललितले पुरुष ७५ केजी तौल समूहमा स्वर्ण पदक जितेका हुन्। यो स्पर्धामा ६ खेलाडी सहभागी थिए।
दक्षिण एशियाली शारीरिक सुगठनकै दौरान भएको प्रथम मालदिभ्स अन्तराष्ट्रिय आमन्त्रण शारीरिक सुगठन प्रतियोगितामा भने ललित १० औं स्थानमा रहे। खुला तौलसमूहको प्रतिस्पर्धामा १४ खेलाडीले प्रतिस्पर्धा गरेका थिए।
प्रतियोगिताको अफिसियलमा नेपाल शारीरिक सुगठन तथा फिट्नेस महासंघका उपाध्यक्ष वकिलमान तुलाधर उदास छन््। प्रतियोगितामा दिनेश श्रेष्ठले निर्णायकको भूमिका निर्वाह गरेका थिए।
Shares
प्रतिक्रिया