ad ad

खेल


सम्झौता थप गर्न पीएसजीको प्रस्ताव, तर फुकुवा हुन चाहन्छन् एम्बाप्पे

सम्झौता थप गर्न पीएसजीको प्रस्ताव, तर फुकुवा हुन चाहन्छन् एम्बाप्पे

नेपालखबर
असार २१, २०८० बिहिबार १३:१५, काठमाडौँ

पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रान्सका स्टार फरवार्ड केलियन एमबाप्पेलाई सम्झौता थपका लागि प्रस्ताव गरेको छ।

२४ वर्षीय एम्बाप्पेको सम्झौता यसै सिजन सकिँदैछ। यस्तोमा पीएसजीले नयाँ सम्झौताका लागि प्रस्ताव गरेको हो। एमबाप्पे सामु आगामी एक वर्षका लागि सम्झौता लम्बाउने विकल्प छ।

तर एम्बाप्पे भने यो सिजनपछि फ्रि एजेन्टको रुपमा फुकुवा हुन चाहन्छन्।  

नयाँ सम्झौता गरे मात्रै उनी यस सिजनपछि पीएसजीमा रहनेछन्। क्लबले यो सिजनअघि नै एम्बाप्पेसँगको सम्झौता थप्ने तयारी गरेको छ।

एम्बाप्पे सन् २०१७ मा मोनाकोबाट पीएसजी आएका थिए। उनले पीएसजीका लागि २ सय ६० खेलमा २ सय १२ गोल गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .