ad ad

कोशी


सडक बनाउने क्रममा तमोर नदीमा खस्दा २ जना बेपत्ता, खोज्दै प्रहरी

सडक बनाउने क्रममा तमोर नदीमा खस्दा २ जना बेपत्ता, खोज्दै प्रहरी

फाइल तस्बिर


नेपालखबर
असार २१, २०८० बिहिबार १३:१८, काठमाडौँ

धनकुटामा सडक बनाउने क्रममा तमोर नदीले बगाएर दुई मजदुर बेपत्ता भएका छन्। 

धनकुटाको चौबिसे नगरपालिका–५, मुर्कुतेस्थित तमोर करिडोरमा सडक निर्माण गर्ने क्रममा ३२ वर्षीय राजु तामाङ र १८ वर्षीय डुवा मोक्तान नदीमा खसेका हुन्। 

बुधबार अपराह्न ५ बजे सडक बनाउने क्रममा उनीहरू अचानक चिप्लिएर तमोर नदीमा खसेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रमुख एसपी कृष्णप्रसाद कोइरालाले जानकारी दिए। 

उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .