ad ad

खेल


मानिसहरुले रोनाल्डो र मेरो नाम सँधै सम्झनेछन्ः मेस्सी

मानिसहरुले रोनाल्डो र मेरो नाम सँधै सम्झनेछन्ः मेस्सी

नेपालखबर
माघ २, २०७६ बिहिबार १२:१९,

रोनाल्डो रियल मड्रिडमा हुँदा आफ्नो र उनको खुबै चर्चा हुने गरेको मेस्सीले बताएका छन्।

क्रिस्टियानो रोनाल्डोले सन् २००९ देखि २०१८ सम्म मड्रिडबाट खेले। मेस्सी हालसम्म बार्सिलोनामै छन्।

करिब एक दशक फुटबल जगत मेस्सी र रोनाल्डोको पछि दौडियो। दुवैले एक अर्कालाई विभिन्न रेकर्डहरुमा टक्कर दिए।

ला लिगाका यी खेलाडीहरुको समर्थनमा विश्व नै ध्रुविकृत हुन्थ्यो। आफ्नो र रोनाल्डोको प्रतिस्पर्धाको चर्चा विश्वले खुबै रुचाएको मेस्सीको भनाइ छ।

फुटबल इतिहासमा एकै समयमा दुई फुटबलरको यति धेरै चर्चा भएको पहिलोपटक हो भनेर फुटबल विश्लेषकहरु बताउँछन्।

मेस्सी भन्छन्,‘सायद रोनाल्डो र मलाई मानिसहरुले सँधै सम्झिन्छन् होला।’ एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .