खेल


फुटबल इतिहासमा पहिलोपटक महिला व्यवस्थापक नियुक्त

पुरुषको व्यवसायिक टोली व्यवस्थापन गर्ने पहिलो महिला बनिन् हन्ना
फुटबल इतिहासमा पहिलोपटक महिला व्यवस्थापक नियुक्त

नेपालखबर
असार २०, २०८० बुधबार १३:४३, काठमाडौँ

इङ्लिस फुटबल इतिहासमा पहिलोपटक महिला व्यवस्थापक नियुक्त भएकी छन्।

फरेस्ट ग्रिन रोभसेको प्रमुख नियुक्त भएपछि हन्ना डिङ्लेले इतिहास रचिन्। यससँगै उनी पुरुषको व्यवसायिक टोलीको व्यवस्थापन गर्ने पहिलो महिला बनेकी छन्।

डङ्कन फर्गुसनलाई लिगको जिम्मेवारी दिएको ६ महिनापछि बर्खास्त गरिएको छ। फर्गुसको बर्खास्तीपछि डिङ्लेलाई फरेष्ट ग्रिन रोर्भुको कार्यवाहक प्रबन्धक नियुक्त गरिएको छ। 

३९ वर्षीया डिङ्लेसँग यसअघि एकेडेमीको प्रमुखको रुपमा काम गरेको अनुभव छ। उनी इङ्ल्यान्डको व्यवसायिक पुरुष टोलीको जिम्मेवारी लिने पहिलो महिला हुन्। 

फरेस्ट ग्रिनको व्यवस्थापकमा नियुक्त भएपछि डिङ्लेले भनिन्, 'म मेरो करियरको अर्को चरणका लागि उत्साहित छु। प्रिसिजन भर्खरै सुरु भएको छ। अब चाँडै नै पूर्ण सिजन सुरु हुँदैछ। यो फुटबलमा एक रोमाञ्चक समय हो। क्लबको नेतृत्व गर्ने अवसरका लागि कृतज्ञ छु।'

फरेस्ट ग्रिन रोभसेका अध्यक्ष डेल भिन्सले एकेडेमीमा राम्रो काम गरेपछि डिङ्लेलाई नियुक्त गर्न सजिलो भएको बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .