ad ad

खेल


दीपेन्द्रको प्रभावशाली प्रदर्शनमा यूएईविरुद्ध नेपालको जित

सातौँ स्थानका लागि अब आयरल्यान्डसँग खेल्ने
दीपेन्द्रको प्रभावशाली प्रदर्शनमा यूएईविरुद्ध नेपालको जित

फाइल तस्बिर


नेपालखबर
असार १७, २०८० आइतबार २०:१५, काठमाडौँ

आईसीसी विश्वकप छनोट २०२३ अन्तर्गतको प्लेअफ खेलमा नेपालले चिरप्रतिद्वन्द्वी यूएईलाई पराजित गरेको छ।

पहिले ब्याटिङ गर्दै यूएईले दिएको १८२ रनको सामान्य लक्ष्य पछ्याउने क्रममा नेपालले ठूलो संघर्ष गर्नुपर्यो। तर अन्तिमा नेपालले ४० बाँकी रहँदै ७ विकेटको क्षतिमा जित निकालेको हो। 

कुनै बेला ६३ रन बनाउँदै ६ विकेट गुमाइसकेको नेपाललाई सम्हालेर दीपेन्द्रसिंह ऐरीले जित दिलाउन सफल भए। 

ओपनिङ, टप अर्डर र मध्यक्रममा ब्याट्सम्यान चल्न नसकेको अवस्थामा सातौँ क्रममा आएका दीपेन्द्रसिंहले नेपालको उद्धार गर्दै जित दिलाएका हुन्। 

प्लेअफमा यूएईविरुद्ध जित निकालेसँगै अब नेपालले सातौँ स्थानका लागि आयरल्यान्डसँग खेल्ने छ। 

दीपेन्द्रले नेपाललाई जिताउने क्रममा ७९ रनको सर्वाधिक स्कोर गरे। अविजित रहेका उनले यसक्रममा ७ चौका र २ छक्का पनि हानेका छन्। 

नेपाललाई जिताउने क्रममा दीपेन्द्रले सर्वाधिक रनको स्कोर गरे। उनलाई साथ दिँदै गुलशन झा र सन्दीप लामिछानेले पनि नेपालको जितको आधार खडा गर्न भूमिका खेले।

७ विकेट गुमाइसकेको अवस्थामा उनलाई सन्दीपले बलियो साथ दिए। सन्दीपले पनि सम्हालिएर खेल्दै २३ रनको पारी खेले। उनले दीपेन्द्रसँग ७९ रनको अविजित साझेदारी गरे।

यसअघि गुलशन झा १२ रन बनाएको अवस्थामा पवेलियन फर्किएका थिए। गुलशनसँग मिलेर दीपेन्द्रले ४२ रनको साझेदारी गरेका थिए। 

नेपालका लागि ओपनर कुशल भुर्तेलले ३५ रन बनाए। तर आज अवसर पाएका अर्जुन साउदले आफूलाई सिद्ध गर्न सकेनन्। उनी ५ बलमा १ रन बनाएको अवस्थामा पवेलियन फर्किए।

त्यसैगरी चार महिनापछि मौका पाएका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले २२ बलमा केबल १३ रन बनाए। कप्तान रोहित पौडेल पनि आज चल्न सकेनन्। उनले १५ बलमा ४ रन बनाउँदा क्याच आउट हुँदै पवेलियन फर्किए।

भीम सार्की र आरिफ शेख व्यक्तिगत १/१ रनमै आउट भए। 

यसअघि हरारेस्थित टाकासिंगा स्पोर्टस् क्लबमा भएको खेलमा यूएईले ४६.५ बल खेल्दै सबै विकेटको क्षतिमा १८१ रन बनाएको थियो।

नेपालका लागि करण केसी र सन्दीप लामिछानेले समान ३/३ विकेट लिएका थिए। नेपालका लागि प्रतिस जिसी, गुलशन झा र दीपेन्द्रसिंह एरीले व्यक्तिगत १-१ विकेट लिए। 

यूएईका लागि कप्तान भ्रितिया अरबिन्दले सर्वाधिक ४४, रोहन मुस्ताफाले ३५ र वसिल हमिदले २९ रनको योगदान दिए। त्यसैगरी ओपनर आर्यन शर्माले २८ रन जोड्न सफल भए। यूएईका ५ जना दोहोरो स्कोर नगरी बाहिरिए। 

यूएईविरुद्ध पूर्वकप्तान ज्ञानेन्द्र मल्ल टोलीमा फर्किएका थिए। त्यस्तै प्रतिस जिसी र अर्जुन साउदलाई अवसर दिइएको थियो।

शुक्रबार भएको पहिलो प्लेअफ खेलमा अमेरिकालाई हराउँदै आयरल्यान्डले यो खेलको विजेतासँग भेट पक्का गरिसकेको छ।

यो खेलमा हार्ने टोली भने नवौँ स्थानका लागि अमेरिकासँग खेल्नेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .