ad ad

खेल


डेक्लान राइसलाई किन्न आतुर आर्सनल, १०५ मिलियन पाउन्डको तेस्रो प्रस्ताव

डेक्लान राइसलाई किन्न आतुर आर्सनल, १०५ मिलियन पाउन्डको तेस्रो प्रस्ताव

नेपालखबर
असार १३, २०८० बुधबार १४:२३, काठमाडौँ

आर्सनलले वेष्ट ह्याम तथा इङल्यान्डका मिडफिल्डर डेक्लान राइसमाथि १ सय ५ मिलियन पाउण्डको तेस्रो बोली लगाएको छ। 

गनर्सले २४ वर्षीय राइसका लागि यसअघि दुई प्रस्ताव राखेको थियो।

ती प्रस्ताव वेष्ट ह्यामले चाहेकोभन्दा कम अर्थात १ सय मिलियनमुनि थियो।

तर पछिल्लो पटक आर्सनलले नयाँ प्रस्ताव गरेको छ। 

मंगलबार वेष्टह्यामले राइसका लागि ट्रेबल विजेता म्यानचेस्टर सिटीले गरेको ९० मिलियनको प्रस्ताव अस्वीकार गरेको थियो। जसको सम्झौता २०२४ सम्म समाप्त हुनेछ। 

लण्डन स्टेडियममा उनको सम्झौता २०२५ को समरसम्म छ।

यो महिनाको सुरुवातमा नै फियोरेन्टिनामाथि युरोपा कन्फरेन्स लिगको जितपछि अध्यक्ष डेभिड सुलिभानले राइसले यो समरमा वेष्टह्याम छाड्ने बताएका थिए। 

एकेडेमीबाट आएका राइसले २०१६–१७ को सिजनमा डेब्यु गर्दै वेष्ट ह्यामका लागि २ सय ४५ खेलमा १५ गोल गरेका छन्। 

विश्वकपमा राइसले विश्वकपका पाँच खेल खेल्दै इङल्याण्डका लागि ४१ क्याप जितेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .