ad ad

खेल


आईसीसी विश्वकप छनोटको प्लेअफमा यूएईसँग भिड्दै नेपाल

आईसीसी विश्वकप छनोटको प्लेअफमा यूएईसँग भिड्दै नेपाल

फाइल तस्बिर


नेपालखबर
असार १३, २०८० बुधबार १२:४१, काठमाडौँ

आईसीसी विश्वकप छनोटको प्लेअफमा नेपाल यूएईसँग भिड्ने भएको छ। 

समूह चरणको अन्तिम खेलमा आयरल्यान्डसँग १ सय ३८ रनको फराकिलो अन्तरले पराजित यूएई नेपालसँग प्लेअफ खेल्ने भएको हो।

नेपाल समूह एको चौथो र यूएई समूह बीको पुछारमा रहेपछि उनीहरु प्लेअफ खेल्ने पक्का भएको हो। दोस्रो प्लेअफ म्याचमा नेपाल र यूएई आइतबार आमनेसामने हुनेछन्।

छनोटको पहिलो प्लेअफमा समूह एको पुछारमा रहेको अमेरिका र समूह बीको चौथो स्थानमा रहेको आयरल्यान्ड खेल्नेछन्। उनीहरुबीच शुक्रबार खेल हुनेछ। 

यी दुई प्लेअफका विजेता टोलीले सातौं स्थानको लागि ४ जुलाई अर्थात् मंगलबार खेल्नेछन्। प्लेअफमा हार्ने दुई टोली नवौं स्थानका लागि ६ जुलाईमा खेल्नेछन्। 

समूह एबाट शीर्ष स्थानमा रहँदै जिम्बावे, दोस्रो स्थानमा रहेको नेदरल्यान्ड्स र तेस्रो स्थानमा रहँदै वेस्ट इन्डिजले सुपर सिक्समा स्थान बनाएका छन्। 

समूह बीबाट शीर्ष स्थानमा रहँदै श्रीलंका, दोस्रो स्थानमा रहेको स्कटल्यान्ड र तेस्रो स्थानमा रहेको ओमान सुपर सिक्समा पुगेका छन्। 

सुपर सिक्सका शीर्ष दुई टोलीले विश्वकपमा स्थान बनाउनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .