ad ad

राजनीति


संसद्‌सँग प्रधानमन्त्रीको गुनासो - महत्वपूर्ण उपलब्ध‍ि छाडेर मुर्रा राँगो कि भैँसीमा समय लियौँ

संसद्‌सँग प्रधानमन्त्रीको गुनासो - महत्वपूर्ण उपलब्ध‍ि छाडेर मुर्रा राँगो कि भैँसीमा समय लियौँ

नेपालखबर
असार १३, २०८० बुधबार १२:४९, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्‌प्रति गुनासो गरेका छन्।

उनले आफ्नो भारत भ्रमणका क्रममा महत्वपूर्ण उपलब्धी भए पनि मुर्रा राँगो कि भैँसी भन्नेमा संसद्‌ केन्द्रित भएकोमा उनले गुनासो गरे।

भारत भ्रमणमा वर्षौँदेखि रोकिएको नेपाल-भारत पारवाहन सन्धी संशोधनसहित नवीकरण गरिएको तथा भारत र तेस्रो विश्वसम्म विद्युत् निर्यातका ब्रेक थ्रु भएको महत्वपूर्ण सहमति भएको बताउँदै उनले भने, 'कहिलेकाहीँ संसद्‌सँग पनि मेरो गुनासो हुने गरेको छ, त्यति ठूला उपलब्धि छाडेर मुर्रा राँगो कि भैँसी भन्नेमा धेरै समय लियौँ।'

यस्ता घटनामा पर्ने जनतामा प्रभावबारे गम्भीर हुन सदनलाई उनले आग्रह गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .