ad ad

खेल


अमेरिकाविरुद्ध जिम्माब्वेले जोड्यो रनको पहाड, ४०९ रनको चुनौती

अमेरिकाविरुद्ध जिम्माब्वेले जोड्यो रनको पहाड, ४०९ रनको चुनौती

नेपालखबर
असार ११, २०८० सोमबार १६:५२, काठमाडौँ

आईसीसी एक दिवसीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गत सोमबार भएको खेलमा जिम्बाब्वेले अमेरिकाविरुद्ध रनको पहाड खडा गरेको छ।

हरारे स्पोर्टस् क्लबमा भएको खेलमा जिम्बाब्वेले पहिले ब्याटिङ गर्दै अमेरिकालाई ४०९ रनको चुनौती दिएको हो। 

लगातार तीन खेल जितेर सुपर सिक्स यात्रा तय गरिसकेको जिम्बाब्वे अमेरिकाविरुद्धको नतिजा पनि आफ्नो पक्षमा पारेर दोस्रो चरणमा पुग्ने सम्भावना बलियो छ। 

जिम्बाब्वेले ६ विकेटको क्षतिमा तुलनात्मक रुपमा कमजोर अमेरिकालाई  ४०९ रनको चुनौती दिएको हो। 

जिम्बाब्वेका लागि विशाल स्कोर बनाउने क्रममा सेन विलियम्सले १०१ बलको सामना गर्दै १७४ रन बनाए। 

उनले आफ्नो पारीमा २१ चौका र ५ छक्का पनि हाने। त्यसैगरी जोयलर्ड गुम्बियाले १०३ बलको सामना गर्दै ७८ रन जोडे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .