आईसिसी एकदिवसीय विश्वकप छनोटमा श्रीलंकाले ओमानलाई पराजित गरेको छ।
श्रीलङ्काका लागि दिमुथ करुणारत्नेले सर्वाधिक ६१ रनको योगदान दिए। उनले ६१ बल खेल्दै आठ चौका बनाए।
त्यस्तै, पथुम निस्साङकले ३९ बलमा पाँच चौकाको सहयोगमा ३७ रन बनाए।
उनले ६० बल खेल्दै चार चौकाको मद्दतमा ४१ रनको योगदान दिएका हुन्।
ओमानलाई सस्तैमा समेट्ने क्रममा श्रीलकांका वानिन्दु हसरङ्ग एक्लैले पाँच विकेट लिए भने लाहिर कुमाराले तीन विकेट लिए। त्यस्तै कसुन रजितले एक विकेट झारे।
यस जितसँगै लगातार दोस्रो जित दर्ता गराएको श्रीलंकाले चार अङ्क जोडेको छ। श्रीलंकाले पहिलो खेलमा युएईलाई हराएको थियो। तीन खेल खेलको ओमानको पनि समान चार अंक नै रहेको छ।
यसअघि ओमानले आयरल्यान्ड र यूएईलाई पराजित गरेको थियो। जारी विश्वकप छनोटमा यो सबैभन्दा फराकिलो अन्तर हो।
Shares

प्रतिक्रिया