ad ad

खेल


अमेरिकी बलर फिलिप निलम्बनमा

अमेरिकी बलर फिलिप निलम्बनमा

नेपालखबर
असार ८, २०८० शुक्रबार १३:१२, काठमाडौँ

अमेरिकाका तीब्र गतिका बलर काइल फिलिप गैरकानुनी बलिङ एक्सन प्रयोग गरेको भन्दै निलम्बनमा परेका छन्।

जिम्बाबेमा जारी आईसीसी विश्वकप छनोटमा अमेरिकाको टोलीमा रहेका फिलिप खराब बलिङ एक्सनका कारण निलम्बनमा परेका हुन्।

वेष्ट इन्डिजविरुद्धको खेलमा फिलिपले तीन विकेट लिएका थिए। तर खेलपछि म्याचका अधिकारी र क्यारेवियन टोलीले अमेरिकन खेलाडीविरुद्ध रिपोर्ट गरेका थिए। आईसीसीले यसबारेमा छानबिन गर्दा २६ वर्षीय फिलिपले अवैध बलिङ एक्सन प्रयोग गरेको पुष्टि गरेको थियो।

आरोप पुष्टि भएपछि फिलिपलाई आर्टिकल ६.७ को नियम अनुसार तत्काल कारबाही गरिएको आईसीसीले जनाएको छ। उनको निलम्बन तबसम्म कायम रहनेछ जबसम्म उनले बलिङ एक्सनको पुनः मूल्याङकन गर्न पेश गर्दैनन्।, जसले उनको बलिङ एक्सन कानुनी रहेको स्पष्ट हुन्छ।

अमेरिका लगातार तीन खेलमा हार व्यहोर्दै आईसीसी विश्वकप छनोटको सुपर सिक्सबाट बाहिरिसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .