ad ad

कारोबार


‘साइवर सुरक्षासम्बन्धी जोखिमको स्थायी समाधानका लागि आवश्यक कदम चालेका छौं’

‘साइवर सुरक्षासम्बन्धी जोखिमको स्थायी समाधानका लागि आवश्यक कदम चालेका छौं’

नेपालखबर
असार ८, २०८० शुक्रबार १३:३६, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले साइवर सुरक्षा लगायतका जोखिमको स्थायी समाधानका लागि आवश्यक कदम चालिरहेकाे बताएका छन्।

शुक्रबार काठमाडौंमा आयोजित ‘डिजिटल नेपाल कन्क्लेभ २०२३’ को उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले साइवर सुरक्षा लगायतका जोखिमको स्थायी समाधानका लागि आवश्यक कदम चालिरहेका बताएका हुन्। साथै, उनले सरकारले डिजिटल नेपाल फ्रेमवर्कमा जोड दिएको बताए।

कार्यक्रममा प्रधानमन्त्री दाहालले सूचना तथा सञ्चारका श्रेत्रमा भएको विकासले दैनिक जीवनमा ठूलो भूमिका स्थापित गरेको प्रष्ट पारे।

उनले भने, ‘सरकारले अत्यावश्यक सरकारी कामहरूमा हुने झन्झटको अन्त्य गर्न सरकारले काम अगाडि बढाइसकेको छ। सरकारी श्रेत्रमा प्रयोग भइरहेका प्रणालीको अझै विकसित गर्न सरकार अगाडि बढिसकेको छ। यसका साथै डिजिटल नेपालीको विकासका लागि प्रविधिहरूमा सरकारले जोड दिएको छ। सबै सरकारी वेवसाइटलाई एउटै मनाव स्ट्यान्डर्ड फ्रेमवर्कको आधारमा काम गर्न सुरू भैसकेको छ।’

उनले सात वटै प्रदेशमा डिजिटल कार्यक्रम सम्पन्न गरी काठमाडौंमा डिजिटल नेपाल कन्क्लेभ २०२३ आयोजना गरेकोमा आईसीटी फाउन्डेसनलाई धन्यवाद दिए।

त्यसतक्रममा उनले सामाजिक र राजनीतिक परिवर्तनका लागि प्रविधिको प्रयोग मुख्य रहने पुष्टि भएको उनले बताए।

‘समाजलाई रुपान्तरण गर्न सूचना तथा सञ्चार प्रविधिको महत्वपूर्ण भूमिका देखिएकाले यसको प्रयोग अति आवश्यक छ’, उनले भने, ‘हामीले खोजेको समृद्धि र लक्ष्य हासिल गर्न सुशासन, सामाजिक न्याय स्थापित गर्न समाज रुपान्तरणको लागि डिजिटल प्रविधिको विकास र सही सदूपयोग अत्यन्त महत्वपूर्ण रहेको छ।’

सूचना तथा संचार प्रविधिलाई जनताका लागि जनताको पक्षमा जनताको पहुँचमा पुर्याउन यस सम्बन्धी थप कानुन, नीति नियम पारित गरी कार्यान्वयन गर्न निर्देशन दिएको प्रधानमन्त्रीले बताए।

सूचनाको परम्परागत ढाँचालाई परिवर्तन गर्ने र अनिवार्यतालाई महसुस गरेर पासवर्ड र राष्ट्रिय परिचयपत्र लगायतका अतिआवश्यक सेवालाई झन्झटमुक्त बनाइएको उनको भनाई थियो।

उनका अनुसार सरकारी वेवसाइटलाई ‘स्टान्डर्ड वेव साइट’ फ्रेर्म वर्कको आधारमा सञ्चालनको कार्य सुरु भएको छ। साथै हेलो सरकार लगायतका गुनासो सुनुवाइदेखि विकास निर्माणका कार्य समेत डिजिटल प्रविधिको प्रयोग गरी सम्पन्न गर्ने काम सुरु भएका छन्।

उनका अनुसार सरकारी निकायले सामाजिक सञ्जालको व्यवस्थित उपयोग गर्दै नागरिकलाई सहज सूचना तथा सेवाका लागि सामाजिक सञ्जाल कार्यविधि गरिमार्जन गरिएको छ।

आज (असार ८ गते) सुरू भएको कन्क्लेभ भोलि ९ गतेसम्म चल्ने छ। दुई दिनसम्म चल्ने कार्यक्रममा संघीय तथा प्रादेशिक मन्त्रीहरूको उपस्थिति रहेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .