ad ad

खेल


नेपाललाई तेस्रो सफलता, सन्दीपले लिए विकेट

नेपाललाई तेस्रो सफलता, सन्दीपले लिए विकेट

नेपालखबर
असार ७, २०८० बिहिबार १३:५४, काठमाडौँ

आईसीसी विश्वकप छनोटअन्तर्गत वेस्टइन्डिजविरुद्धको खेलमा नेपालले तेस्रो सफलता पाएको छ।

नेपालका लागि सन्दीप लामिछानेले १६ औं ओभरको तेस्रो बलमा ब्रान्डोन किङलाई बोल्डआउट गरेका हुन्।

ब्रान्डोनले ४२ बलमा २ चौका र २ छक्काको मद्दतमा ३२ रन बनाएर आउट भए। 

यसअघिका दुई खेलमा कुनै विकेट लिन नसकेका सन्दीपले वेष्ट इण्डिजविरुद्ध महत्वपुर्ण विकेट लिएका हुन्। 

यसअघि चौथो ओभरको पहिलो बलमा गुल्सन झाले जोनसन चाल्र्स र दोस्रो ओभरको तेस्रो बलमा करण केसीले केल मेयर्सलाई क्याचआउट गराएका थिए। 

चार्ल्स शून्य रनमै आउट भएका हुन्। केल १ रनमा आउट भएका हुन्। 

वेष्ट इण्डिज १६ औं ओभरको खेल जारी रहँदा ३ विकेट गुमाएर ५५ रन बनाएर खेलिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .