ad ad

ग्लोबल


भारतमा दलित बालिकाको बलात्कारपछि हत्या आरोपमा दुई प्रहरी निलम्बन

भारतमा दलित बालिकाको बलात्कारपछि हत्या आरोपमा दुई प्रहरी निलम्बन

नेपालखबर
असार ७, २०८० बिहिबार १४:५, काठमाडौँ

भारतको राजस्थानमा दलित बालिका बलात्कार र हत्या आरोपमा दुई प्रहरीलाई पदबाट निलम्बन गरिएको छ। 

बीबीसी हिन्दीका अनुसार राजस्थानको बिकानेर जिल्लाको खाजुवालामा गत मंगलबार दलित बालिकाको बलात्कारपछि हत्या भएको हो। 
घटनामा दुई प्रहरी र एक पुरुष संलग्न भएको आरोप लागेको छ। 

बिकानेरका प्रहरी उपरीक्षक (एसपी) तेजस्विनी गौतमले बीबीसी हिन्दीसँग भनेकी छन्, ‘यस मुद्दामा आरोप लागेका दुईजना प्रहरी निलम्बनमा परेका छन्। अर्का अभियुक्तको खोजी भइरहेको छ।’

घटनाको निष्पक्ष छानबिनका लागि आईजीको नेतृत्वमा अनुसन्धान टोली गठन गरिने उनले बताएकी छन्। उनले भनेकी छन्, ‘साथै अनुसूचित जनजाति कानुनको नियमअनुसार करार र क्षतिपूर्तिमा एक व्यक्तिलाई काम दिन पीडित परिवारसँग हाम्रो सहमति भएको छ।’

मृतकका आफन्तहरु केही दिनदेखि खजुवाला प्रहरी चौकीअगाडि धर्नामा बसेका थिए। धरनामा पूर्व विधायकसहित धेरै भाजपा नेता र कार्यकर्ता पनि सहभागी भएका थिए।

यस विषयमा पूर्व मुख्यमन्त्री वसुन्धरा राजेले ट्विट गर्दै प्रश्न उठाएका छन्।

उनले लेखेका छन्, ‘बिकानेरको खजुवालामा दलित बालिकाको बलात्कारपछि हत्याको जति निन्दा गरे पनि कम हुन्छ,  जसको काँधमा महिला सुरक्षाको जिम्मेवारी छ, त्यही प्रहरी त्यस्ता दुष्कर्ममा संलग्न हुन्छ भने योभन्दा लाजमर्दाे कुरा अरू के हुन्छ? 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .