ad ad

खेल


भीमको करियरकै उच्च स्कोर

भीमको करियरकै उच्च स्कोर

आईसीसी विश्वकप छनोट अन्तर्गतको मंगलबारको खेलमा अमेरिकाविरुद्ध ब्याटिङ गर्दै नेपालका भीम सार्की। तस्बिर : आईसीसी


नेपालखबर
असार ५, २०८० मंगलबार २०:२२, काठमाडौँ

नेपाली ब्याटर भीम सार्कीले आफ्नो करियरकै उच्च स्कोरमा रन बनाएका छन्। आईसीसी विश्वकप छनोट अन्तर्गत अमेरिकाविरुद्ध मंगलबार नटआउट ७७ रन बनाएका भीमको यो नै उच्च स्कोर हो। 

बलिङमा करण र ब्याटिङमा भीम चम्किँदा नेपालले अमेरिकालाई सहजै पराजित गरेको छ। अमेरिकाले दिएको लक्ष्य नेपालले ८ ओभर बाँकी छँदै ४ विकेट गुमाएर पूरा गर्‍यो।

पूर्वकप्तान ज्ञानेन्द्र मल्लको स्थानमा मौका पाएका भीमले एक वर्षअघि मात्रै एकदिवसीयमा डेब्यू गरेका हुन्। २०२२ मार्चमा पपुवान्युगिनी विरुद्ध खेल्दै उनले टोलीमा स्थान बनाएका थिए।

भीमले यसअघि जिम्बाब्वेमै भएको अभ्यास खेलमा ओमानविरुद्ध ५८ रन जोडेका थिए। 

मलेसियाविरुद्ध अप्रिल २०२३ मा घरेलु मैदानमा ७१ रन जोडेका थिए। यो उनको उच्च स्कोर थियो। यस्तै किर्तीपुर मैदानमै २०२३ मार्चमा ६७ रन जोडेका भीमले अमेरिकाविरुद्ध उच्च स्कोरको कीर्तिमान बनाए। 

अमेरिकाले दिएको २०८ रनको लक्ष्य पछ्याएको नेपालका ओपनर आशिफ शेख २५ रन बनाउँदै आउट भएका थिए। त्यसपछि आएका भीमले कुशल भुर्तेल, रोहित पौडेल, कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीसँग साझेदारी गरे। 

भीमले ११४ बलमा ७ चौका र १ छक्काको मद्दतमा ७७ रन बनाएका हुन्। 

कुशल भुर्तेलले ३९, कप्तान रोहित पौडेलले १६, कुशल मल्लले १३ तथा आशिफ शेखले १२ रन  जोडे।

दीपेन्द्र ३२ बलमा ३९ रन जोड्दै अविजित रहे।  

त्यसअघि अमेरिकालाई अन्तिम ओधरअघि नै अलआउट गर्दा करण केसीले सुरुवातका ४ विकेट लिए। लगातार विकेट जाँदा अमेरिका सस्तैमा समेटिन बाध्य भएको थियो। 

नेपाल पहिलो खेलमा जिम्बाब्वेसँग पराजित भएको थियो भने अमेरिका वेष्टइन्डिजसँग पराजित भएको थियो। अमेरिकाविरुद्धको जितले नेपालको सुपरसिक्समा पुग्ने सम्भावना कायम राखेको छ। 

अब वेष्टइन्डिज र नेदरल्याण्डसँगको खेलले नेपालको अघिल्लो चरण तय हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .