ad ad

खेल


करण केसी एक्लैले चार विकेट लिएपछि दबाबमा अमेरिका

करण केसी एक्लैले चार विकेट लिएपछि दबाबमा अमेरिका

फाइल तस्बिर


नेपालखबर
असार ५, २०८० मंगलबार १३:२६, काठमाडौँ

अलराउन्डर करण  केसीले अमेरिकाविरुद्ध चौथो विकेट लिएका छन्। सुरुदेखि नै अमेरिकालाई दबाबमा राखेका उनले लगातार विकेट झारेर दबाब बढाएका हुन्। 

अलराउण्डर केसीले विश्वकप छनोटअन्तर्गत अमेरिकाविरुद्धको खेलमा एक्लैले ४ विकेट लिँदा नेपाली टोलीमा उत्साह देखिएको छ।

करणले दशौं ओभरको दोस्रो बलमा नोसथुस केन्जीगलाई पवेलिएनको बाटो देखाए। १ रन बनाएका नोसथुसलाई करणले आरिफ शेखको हातबाट क्याच आउट गराए।

अमेरिकाविरुद्ध घातक बलिङ गरेका करणले पाँचौ ओभरमा ४ विकेट लिएर मात्र ७ रन खर्चिएका छन्।

त्यसअघि करणले नै आठौं ओभरको पााचौं बलमा आरोन जोन्सलाई कुशल भुर्तेलको हातबाट क्याच आउट गराएका थिए। २२ बल खेलेका जोन्सले मात्र २ रनमा पवेलियन फर्के।

दोस्रो ओभरको पाँचौ बलमा स्टेभन टेलरलाई एलबीडब्लु धरापमा पार्दै नेपाललाई सफलता दिलाएका थिए। करणले नै दोस्रो ओभरको अन्तिम बलमा साइतेजा मुक्कामल्लालाई आरिफ शेखको हातबाच क्याच आउट गराए।

अमेरिकाले दशौँ ओभरको खेल सकिँदा ४ विकेटको क्षतिमा १९ रन मात्रै बनाउन सकेको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .