ad ad

ग्लोबल


पाँचजना सवार जहाज एट्लान्टिक महासागरमा बेपत्ता, खोजी जारी

पाँचजना सवार जहाज एट्लान्टिक महासागरमा बेपत्ता, खोजी जारी

नेपालखबर
असार ५, २०८० मंगलबार १३:३०, काठमाडौँ

टाइटानिक जहाजको भग्नावशेष हेर्ने पर्यटक बोकेको पनडुब्बी जहाज आइतबारदेखि एट्लान्टिक महासागरमा हराइरहेको छ। 

एट्लान्टिक महासागरमा पर्यटकलाई टाइटानिकको भग्नावशेष देखाउन प्रयोग गर्ने गरिएको पनडुब्बी हराएको बीबीसीले जनाएको छ। 

पनडुब्बीमा पाइलटसहित पाँच जना छन्, उनीहरुको खोजीका लागि उद्धार अभियान सुरु गरिएको बीबीसीले जनाएको छ। 

अधिकारीहरूका अनुसार पनडुब्बीमा सीमित अक्सिजन रहेको हुनाले हरेक मिनेट महत्त्वपूर्ण हुन्छ। 

सोमबार साँझ अधिकारीहरूले भने, ‘उनीहरूसँग अब ७० देखि ९६ घण्टासम्मका लागि अक्सिजन उपलब्ध रहेको हाम्रो अनुमान छ। ’
विश्वको प्रसिद्ध जहाज टाइटानिक सन् १९१२ मा समुन्द्रमा डुबेको थियो । उक्त दुर्घटनामा १,५०० भन्दा बढीको मृत्यु भएको थियो। टाइटानिकमा जम्मा २,२०० जना सवार थिए।

अहिले यो जहाजको भग्नावशेष समुद्रको सतहमा ३ हजार ८ सय मिटरको गहिराइमा छ। यो भग्नावशेष क्यानडाको तटबाट करिब ६०० किलोमिटर टाढा छ।

सन् १९८५ मा डुबेको टाइटानिकको भग्नावशेष फेला परेको थियो। अब यो भग्नावशेष ओसनगेट कम्पनीको हो, जसले यसलाई देखाउन पनडुब्बीबाट मानिसहरूलाई लैजान्छ।

कम्पनीले आठ दिनको प्याकेजका लागि प्रतिव्यक्ति अढाई लाख शुल्क लिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .