ad ad

खेल


नेपाल सुपर लिग मंसिर दोस्रो साता हुने

नेपाल सुपर लिग मंसिर दोस्रो साता हुने

नेपालखबर
असार १, २०८० शुक्रबार १८:४५, काठमाडौँ

नेपाल सुपर लिग (एनएसएल) मंसिर दोस्रो साता हुने भएको छ।

आयोजक नेपाल स्पोट्र्स एण्ड इभेन्ट्स म्यानेजमेन्ट प्रालिले नेपाल सुपर लिग मंसिर ९ देखि २१ गते सम्म हुने बताएको हो। 

विवादका कारण पटक पटक मिति तोकिएर पनि लिग स्थगित हुँदै आएको थियो। अक्सन समेत भइसकेको अवस्थामा ए डिभिजन क्लबको विरोधका कारण लिग स्थगित हुँदै आएको थियो। 

लामो समयको छलफलपछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले लिग सञ्चालनका लागि नयाँ मिती दिएको हो। 

दोस्रो संस्करणको एनएसएलमा १० टोलीले स्पर्धा गर्नेछन्। यसअघि लिगमा सात टोलीले स्पर्धा गरेका थिए। पहिलो सिजनमा काठमाडौं रेजर्सले उपाधि उचालेको थियो। 

यो पटक विराटनगर सिटी एफसी, विरगंज युनाइटेड एफसी, बुटवल लुम्बिनी एफसी, धनगढी एफसी, चितवन एफसी, झापा एफसी, ललितपुर सिटी एफसी, पोखरा थन्डर्स र स्पोर्टिङ्ग इलाम एफसी मेचीले स्पर्धा गर्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .