ad ad

खेल


संकटासँग बराबरी खेलेपछि आर्मीले गुमायो शीर्षस्थानमा उक्लने मौका

संकटासँग बराबरी खेलेपछि आर्मीले गुमायो शीर्षस्थानमा उक्लने मौका

नेपालखबर
पुस २९, २०७६ मंगलबार ११:४६,

‘ए’ डिभिजन लिगमा सकंटा क्लवसँग १–१ को बराबरी गरेसँगै विभागीय त्रिभुवन आर्मीले शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ।

काठमाडौँमा जारी शहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत छैटौं चरणको अन्तिम खेलमा संकटा र आर्मीले एक–एक गोलको बराबरी गर्दै अंक बाँडे। मगंलबार भएको खेलको २९ औं मिनेटमा नवयुग श्रेष्ठको गोलमा बनाएको अग्रता जोगाउन नसक्दा आर्मी अंक बाड्न बाध्य भएको हो।

खेलको ५२ औं मिनेटमा योद्धा शाही दोहोरो पहेलो कार्ड खाँदै मैदान छाडेपछि आर्मी १० खेलाडीमा सीमित भएको थियो।

खेलको ५५ औं मिनेटमा संकटाका अमित तामाङले बराबरी गोल फर्काए। खेलमा दुवै टोलीले गोल गर्ने सुनौलो मौका पाए पनि सदुपयोग गर्न सकेनन्।

बराबरीसँगै आर्मी १३ अंकसहित दोस्रो स्थानमा र संकटा ८ अंकसहित आठौँ स्थानमा छन्। आजको खेलसँगै लिगको छैटौँ चरणका खेलहरु सकिएका छन्।

पाँचौ चरणका शीर्ष स्थानमा रहेको आर्मी छैटौँ चरणको समाप्तिमा दोस्रो स्थानमा रहँदा उपाधि दावेदारका रुपमा हेरिएको मछिन्द्र शीर्ष स्थानमा उक्लिएको हो।

छैटौँ चरणसम्म आइपुग्दा मछिन्द्र र मनाङ मात्र अपराजित टोली हुन्। मछिन्द्रले ४ खेलमा जित र २ मा बराबरी गरेको थियो। मनाङले ३ मा जित र ३ मा बराबरी गर्दै १२ अंक बनाएको हो।
छैटौं चरणमा मनाङ हिमालयन शेर्पासँग गोलरहित बराबरीमा रोकिएको थियो भने रुस्लान थ्री स्टार फ्रेन्ड्ससँग पराजित भएको थियो। च्यासल एपीएफसँग गोलरहित बराबरीमा रोकिँदा पुलिस एनआरटीसँग पराजित भएको थियो।

छैटौं चरणमा टोलीले मछिन्द्रले जावलाखेललाई १–० ले पराजित गरेको थियो। ६ खेलमा ४ जित र २ बराबरीका साथ टोलीले १४ अंक जोडेपछि गत वर्ष लिगको पुछारबाट दोस्रो स्थानमा रहेका कारण यसपटक १ अंक घटाइएको छ।

६ खेलमा मनाङ १२ अंकसहित तेस्रो र थ्री स्टारको १० अंकसहितच चौथो स्थानमा छन्। पाँचौं स्थानको जावलाखेलको ९, न्युरोड टिम एनआरटी, पुलिस र संकटाको समान ८ अंकसहित छैटौँ, सातौँ र आठौँ स्थानमा छन्।

ब्रिगेडब्वाइज ७ अंकसहित नवौं, ६ अंकमा च्यासल दशौं स्थानमा छन्। समान ५ अंक भएका सशस्त्र प्रहरीको एपीएफ ११ र फ्रेण्ड्स १२ औं स्थानमा छन्। हिमालयन शेर्पा ४ अंकमा १३ औं स्थानमा छ। सरस्वतीले भने छैटौ चरणमा आएर बल्ल अंक तालिकामा खाता खोलेको हो। रेलिगेसनको खतरामा रहेको उसको मात्र १ अंक छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .