खेल


थ्रीस्टारको जितसँगै एपीएफ रेलिगेसनमा

थ्रीस्टारको जितसँगै एपीएफ रेलिगेसनमा

फाइल तस्बिर


नेपालखबर
जेठ २७, २०८० शनिबार १९:३४, काठमाडौँ

शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत शनिबार भएको लिगको अन्तिम खेलमा थ्रीस्टारको जितसँगै विभागीय टोली एपीएफ फुटबल क्लब बी डिभिजनमा घटुवा भएको छ। 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा थ्रीस्टारले जावालखेल युथ क्लबलाई १–० गोल अन्तरले हराएसँगै एपीएफ रेलिगेसनमा परेको हो। 

सी र बी डिभिजन छनोट नभइकन ए डिभिजन यात्रा सुरु गरेको एपीएफ बि डिभिजनमा झर्ने पहिलो विधागीय टोली हो। एपीएफ फुटबल क्ललले २०६२ सालदेखि ए डिभिजन यात्रा सुरु गरेको थियो। 

तत्कालिन समयमा नेपालबाट खेल्दै आएका तिन (त्रिभुवन आर्मी फुटबल क्लब, नेपाल पुलिस क्लब र एपीएफ एफसी) विभागीय टोलीले छनोट चरण पार नगरिकन ए डिभिजन खेलेका थिए।

ए डिभिजन खेल्ने एपीएफ कान्छो विभागीय टोली हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .