एएफसी यू–२० महिला एसियन कप छनोटको दोस्रो चरणको पहिलो खेलमा नेपालले आज घरेलु टोली म्यानमारसँग खेल्दैछ।
यानगोनस्थित तुवन्ना स्टेडियममा हुने खेल साँझ पौने ६ बजे सुरु हुनेछ।
दीपा शाहीको कप्तानीमा मैदानमा उत्रने नेपाली टोली सुखद सुरुवात गर्न चाहन्छ। उता घरेलु टोली म्यानमार पनि नेपाललाई हराउँदै जितको सुरुवात गर्ने योजनामा छ।
खेलअघि टोलीकी कप्तान दीपाले भनिन्, 'साफमा उपविजेता र पहिलो चरणको क्वालिफायरमा वरीयता माथि रहेका टोलीलाई हराएका कारण हाम्रो टोली उच्च मनोबलमा छ।'
टोलीका प्रशिक्षक यमप्रसाद गुरुङले पहिलो चरणको सफलताले टोलीको मनोबल उच्च रहेको सुनाए।
समुह 'बी' मा रहेको नेपालले बिहिबार चिन र शनिबार चाइनिज ताइपेइसाग खेल्ने तालिका छ। पहिलो चरणको छनोटमा नेपाल समुह बी को उपविजेता बन्दै दोस्रो चरण पुगेको थियो।
Shares
प्रतिक्रिया