ad ad

खेल


पोखरामा दोस्रो पुर्नमिलन तथा ओलम्पियन सम्मान कार्यक्रम हुँदै

पोखरामा दोस्रो पुर्नमिलन तथा ओलम्पियन सम्मान कार्यक्रम हुँदै

नेपालखबर
जेठ १८, २०८० बिहिबार २१:१९, काठमाडौँ

दोस्रो ओलम्पियन पुर्नमिलन तथा ओलम्पियन सम्मान कार्यक्रम पोखरामा हुँदै छ। जेष्ठ १९ देखि २१ गते देखि हुने पूर्नमिलन सम्मान तथा अन्य कार्यक्रम हुन लागेको हो। 

कार्यक्रममा पोखरा महानगरपालिकाको खेलकद विकास समिति र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ कास्कीको समन्वय रहेको जनाइएको छ।

संघको आयोजनामा पहिलो ओलम्पियन पुर्नमिलन तथा सम्मान कार्यक्रम गत वर्ष असारमा काठमाडौमा भएको थियो। 

उपत्यका बाहिर पनि कार्यक्रम आयोजना गर्ने उद्देश्यका साथ यसपटक पोखरामा आयोजना गर्न लागिएको हो ओलम्पियनका अध्यक्ष दीपक विष्टले जानकारी दिए।

कार्यक्रममा सहभागी हुन ओलम्पियनहरु जेष्ठ १९ गते पोखरा पुग्नेछन्। २० गते बिहान प्रभात फेरी तथा सोही साँझ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको मुख्य आतिथ्यतामा पुर्नमिलन तथा सम्मान कार्यक्रम हुने छ।

सन् १९६४ देखि २०२० सम्म भएको ओलिम्पिकमा देशको प्रतिनिधित्व गर्ने ओलम्पियनहरुलाई एकै थलोमा सहभागी गराउन विभिन्न कार्यक्रम गर्ने उद्देश्यका साथ पूर्नमिलन कार्यक्रम आयोजना गर्न लागिएको हो।

नेपालले पहिलो पटक सन् १९६४ मा जापानको टोकियो ओलम्पिकबाट औपचारिक रुपमा ओलम्पिकमा सहभागिता जनाउन सुरु भएको थियो।

सन् १९६३ मा नेपालले अन्तर्राष्ट्रिय ओलम्पिक काउन्सिल (आइओसी) को सदस्यता प्राप्त गरेको थियो।

कार्यक्रममा विश्व ओलम्पियन संघका प्रतिनिधिको सहभागिता रहने बताइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .