साविक विजेता नेपाल काभा महिला भलिबल च्यालेन्ज कपको उपाधि होडबाट बाहिरिएको छ।
यसअघिको दुई पटकको च्याम्पियन नेपाल घरेलु मैदानमा काजकिस्तानसँग सेमिफाइनलमा पराजित हुँदै उपाधि होडबाट बाहिरिएको हो।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा शुक्रबार भएको दोस्रो सेमिफाइनलमा उज्वेकिस्तानसँग ३–२ को सेटमा पराजित हुँदै नेपाल बाहिरियो।
सर्घषपूर्ण पहिलो सेट २८–३० ले गुमाएको नेपालले दोस्रो सेट २५–१६ ले जित्दै उत्कृष्ट पुनरागमन गरेको थियो। तेस्रो सेट २५–१५ ले सहज जित निकालेको नेपालले चौथो सेट २५–१८ ले गुमायो।
पाँचौं तथा अन्तिम सेटमा १५–७ ले गुमाउँदै नेपाल उपाधि होडबाट बाहिरियो। च्यालेन्ज कपमा पाँचौं सेटमा पहिलो पटक नतिजा आएको हो।
शुक्रबार नै भएको पहिलो सेमिफाइनलमा भारतले उज्वेकिस्तानलाई २५–१७, २५–२० र २५–१५ को सोझो सेटमा पाखा लगाउँदै उपाधि नजिक पुगेको थियो।
काजकिस्तानले अब उपाधिका लागि आइतबार भारतसँग खेल्नेछ। खेल सवा चार बजे सुरु हुनेछ।
प्रतिक्रिया